०२ साउन २०८३, शनिबार

पुलवामा रोकिएन आक्रमण, फेरि मारिए मेजरसिहत सेनाका चार जवान

पुलवामा रोकिएन आक्रमण, फेरि मारिए मेजरसिहत सेनाका चार जवान

काठमाडौं– भारत प्रशासित जम्मू–कश्मीरको पुलवामा जिल्लामा चरमपन्थी विद्रोहीको आक्रमणमा परी भारतीय सेनाका चार जवानको मृत्यु भएको छ । सोमबार बिहान भएको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । घटनामा सेनाका केही जवान घाइते छन् । 

मारिनेमा सेनाका मेजरसमेत सामेल रहेकाे आजतकले जनाएकाे छ । सेनाले प्रतिरक्षाका लागि कारबाही जारी राखेको छ । प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अप्रेशन शुरु गरेका छन् । 

सो इलाकामा चरमपन्थी लुकेको सूचनाको आधारमा सेनाले अप्रेशन शुरु गरेको थियो । सेनाको अप्रेशन जारी रहेकै बेला चरमपन्थीहरुले आक्रमण गर्दा सेनाका जवानको मृत्यु भएको हो । त्यहाँ गालाबारी जारी रहेको बीबीसीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्