०१ साउन २०८३, शुक्रबार

पाकिस्तानविरुद्धको 'सर्जिकल स्ट्राइक'बारे भारतद्वारा शक्ति राष्ट्रहरूलाई जानकारी

फागुन १४, २०७५
पाकिस्तानविरुद्धको 'सर्जिकल स्ट्राइक'बारे भारतद्वारा शक्ति राष्ट्रहरूलाई जानकारी

एजेन्सी- भारतीय वायुसेनाले पाकिस्तानको भूभागमा बम खसालेपछि भारत र पाकिस्तानबीच तनाव झन् बढेको छ।

भारतले पुलवामा हमलाको बदलाको रुपमा लिएको भन्दै मंगलवारको हमलालाई विदेश मन्त्रालयले पुष्टि गरेको छ ।  

त्यस्तै विदेश मन्त्रालयमा मंगलवार आयोजित पत्रकार सम्मेलनमा वायुसेनाको स्ट्राइकबारे जानकारीसमेत गराइएको छ । 

विदेश मन्त्रालयका सचिवले सर्जिकल स्ट्राइकबारे अमेरिका, बेलायत, रुस, अष्ट्रेलिया, इन्डोनेसिया, चीन र टर्कीलाई जानकारी गराएको बताएका छन् । 

भारतीय हवाई सेनाले पाकिस्तानको खाइबरपख्तुनख्वास्थित बेलाकोटमा रहेका जैश–ए–मोहम्मद आतंकबादी समूहको तालिम केन्द्रलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्