
भारत-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले देश फरक मूडमा रहेको बताएका छन् ।
लोकसभा चुनावको प्रचारप्रसारमा व्यस्त रहेका मोदीले मंगलवार राजस्थानमा आयोजित एक र्यालीलाई सम्बोधन गर्दै भने, 'अहिले देशको मूड बदलिएको छ । म देशलाई झुक्न दिने छैन ।' यो पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइकपछिको मोदीको पहिलो अभिव्यक्ति हो ।
चार दिनभित्र राजस्थानमा मोदीको यो दोस्रो चुनावी सभा हो । यसअघि उनले टोंकको र्यालीलाई सम्बोधन गरेका थिए ।
यसअघिको लोकसभा निर्वाचनमा मोदीको पार्टी बीजेपीले राजस्थानमा सबै अर्थात् २५ सिटमा जीत हात पारेको थियो । तर पछि दुई सिटमा भएको निर्वाचनमा कांग्रेसले जितेको थियो ।
अहिले राजस्थानमा बीजेपीको २३ सांसद छन् ।