२६ असार २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीले भने- वेलकम होम विंग कमाण्डर अभिनन्दन, तपाईंको साहसप्रति गर्व छ

फागुन १८, २०७५
भारतीय प्रधानमन्त्री मोदीले भने- वेलकम होम विंग कमाण्डर अभिनन्दन, तपाईंको साहसप्रति गर्व छ

भारत- भारतीय पाइलट विंग कमाण्डर अभिनन्दन भारत शुक्रवार राति करीब सवा नौ बजे भारत फर्किए । गतराति पाकिस्तानी सुरक्षाबलले अभिनन्दनलाई भारतीय अधिकारीहरूलाई सुम्पिएका हुन् ।

अभिनन्दनलाई पाकिस्तानी सेनाले २७ फेब्रुअरीमा आफ्नो कब्जामा लिएको थियो । त्यसलगत्तै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतलाई सुम्पिने बताएका थिए ।

मिडिया रिपोर्ट्सका अभिनन्दनलाई बिहानै भारत फर्काउने तयारी गरिएपनि केही कागजी प्रक्रियाका कारण रात परेको हो । 

विंग कमाण्डर अभिनन्दन भारत फर्केपछि उनले देशभरबाट बधाई पाइरहेका छन् । उनको साहसलाई मानिसहरूले प्रशंसा गरिरहेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ह्यासट्याग अभिनन्दन ट्रेन्ड चलिरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि अभिनन्दनलाई स्वागत गरेका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, 'वेलकम होम विंग कमाण्डर अभिनन्दन ! तपाईको अदम्य साहसमाथि देशको गर्व छ । हाम्रो सशस्त्र सेना १३० करोड भारतीयका लागि प्रेरणा हो ।  

२७ फेब्रुअरीमा भारतको दुई लडाकु विमान पाकिस्तानले खसालेको थियो । त्यसमध्ये एउटाको पाइलटलाई पाकिस्तानले गिरफ्तार गरेको थियो ।

गिरफ्तारीमा परेका विंग कमाण्डर अभिनन्दनलाई पाकिस्तानले सहज ढंगबाट रिहा गरेपछि अहिले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सर्वत्र चर्चा छ ।

salt training

कमेन्ट गर्नुहोस्