फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काठमाडौं – नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष हुन्, गोकुल भण्डारी । नेपाल ग्यास उद्योगका सञ्चालक समेत रहेका भण्डारी नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् ।
ग्यास एवं पेट्रालियम पदार्थको नियमन तथा आपूर्ति गर्दै आएको नेपाल आयल निगमका कार्यकारी निर्देशक हुन्, सुरेन्द्र पौडेल ।
आयल निगमको कार्यकारी प्रमुखमा नियुक्त भएपछि सार्वजनिक कार्यक्रममै उनले आफू कम्युनिस्टको कार्यकर्ता भएकाले समेत निगमको प्रमुख हुन सफल भएको बताएका थिए ।
नेपाल आयल निगमको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड र मन्त्री मातृकाप्रसाद यादवको कार्यकर्ता भएका कारण आफू निगम प्रमुखमा नियुक्त हुन सफल भएको भन्दै ओली, प्रचण्ड र मातृकाप्रसाद यादवको प्रसंशा गरे ।
निगम, ग्यास उद्योग र पेट्रोलियम पदार्थको नियमन गर्ने उच्च निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय । सो मन्त्रालयको जिम्मेवारी मातृकाप्रसाद यादवले पाएका छन् । तत्कालीन माओवादी एवं कम्युनिष्ट नेता मातृकाप्रसाद यादव व्यवहारमा कडा मानिन्छन् ।
यसअघि वनमन्त्री भएका बेला ललितपुरका एलडीओलाई ट्वाइलेटमा थुनेका कारण सर्वसाधारणमाझ चर्चित बनेका यादवमाथि सर्वसाधारणको यसपालिको आपेक्षा बजारमा ग्यासको अभाव सिर्जना हुन नदिउन्, भन्ने हो ।
तर, एलपी ग्यास उद्योग संघका अध्यक्ष र निगमका कार्यकारी प्रमुख सहितको साँठगाँठलाई निस्तेज पार्नमा मन्त्री यावदको खासै भूमिका नदेखिएको सर्वसाधारणको गुनासो रहेको छ ।
सरकारले उद्योगीलाई उचालेर उपभोक्तालाई चेपुवामा पार्न खोजेको उपभोक्ता अधिकारकर्मीहरूको बुझाइ छ ।
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिसिल्नाले सरकार र ग्यास उद्योगी मिलेर उपभोक्तालाई चेपुवामा पार्न खाजेको बताए । ‘तँ रोए जस्तो गर्, म कुटे जस्तो गर्छु, गरेर सरकारले उद्योगीले उपभोक्तामा चेपुवामा पारिएको छ,’ तिमिल्सिनाले भने, ‘उद्योगीका माग जायज हुन् भने सरकारले पूरा गर्नुपर्छ । जायज छैनन् भने सरकारले उद्योगीलाई कारवाही गर्नैपर्छ ।’
उद्योगीले प्रोडक्ट डेलिभरी अर्डर (पीडीओ) नउठाउँदा बजारमा ग्यासको अभाव सिर्जना हुन थालेको तिमिल्सिनाको भनाइ थियो ।
नेपाल ग्यास उद्योग संघले ग्यासको कारोबारमार्फत् आउने कमिसन वृद्धि सहितका माग राख्दै पीडीओ नउठाने घोषणा गरेका हुन् । कमिसन वृद्धि लगायतका विभिन्न १० बुँदे माग राख्दै उद्योगीले ग्यास आयात गर्न छाडेका छन् । जसका कारण नेपाली बजारमा ग्यासको अभाव हुन थालेको छ ।
अनुमगन भइरहेको छ : मातृका यादव
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले ग्यासको अभाव सिर्जना भएका समाचार आएपछि ग्यास उद्योग र ग्यास विक्रेताहरूको पसलमा अनुगमन भइरहेको बताएका छन् ।
मन्त्री यादवलाई उद्धृत गर्दै उनका स्वकीय सचिव सन्तोष विष्टले लोकान्तरसँग भने, ‘उद्योगीको समस्या सामाधानका लागि आयल निगमले प्रक्रिया अघि बढाएको छ । बजारमा ग्यासको अभाव भइरहेको भन्ने बारेमा अनुमगनका लागि वाणिज्य विभागलाई निर्देशन दिइएको छ । अनुगमन गरिरहेको होला ।’
पढ्नुहोस्, यो पनि :
निगमले भन्यो- ग्यास आयात भइरहेको छ, हल्लाको पछाडि नलाग्नु
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...