फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काठमाडौं – सरकारले सम्झौता अनुसार काम नगर्ने एक दर्जनभन्दा बढी ठेकेदारलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले जनवरी यता मात्रै १३ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको हो ।
सम्झौता अनुसार काम नगर्ने र पटक-पटक म्याद थप गर्दा समेत काम सम्पन्न नगर्ने १३ वटा कम्पनीलाई निश्चित सयमसम्म सार्वजनिक कार्यमा सहभागी हुन नपाउने गरी कालोसूची राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार कालोसूचीमा पर्नेहरूमा गोगंबुको जीएम कन्स्ट्रक्सन, गोरखाको मनकामना सप्लायर्स लगायतका ठेकेदार कम्पनी रहेका छन् ।
जीएम कन्स्ट्रक्सनलाई आगामी तीन वर्षसम्म सार्वजनिक कार्यमा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जानकारी दिएको छ । जीएम कन्स्ट्रक्सनलाई गत फेब्रुअरी २३ तारेखदेखि आगामी २२ फेब्रुअरी २०२२ सम्मका लागि कालोसूचीमा राखिएको छ ।
जीएम कन्स्ट्रक्सनले काभ्रे जिल्ला प्रशासन कार्यालयको भवन निर्माणका लागि ठेक्का लिएको र उक्त भवन समयमै निर्माण सम्पन्न नगरेका कारण कालोसूचीमा राखिएको हो ।
काभ्रे जिल्ला प्रशासन कार्यालयको भवन निर्माणका लागि जीएम कन्स्ट्रक्सनसँग २०६९ वैशाख १२ मा सम्झौता भएको थियो । १५ महिनामा सम्पन्न हुनुपर्ने उक्त भवन निर्माणको काम हालसम्म ३८ प्रतिशत मात्रै सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय काभ्रेले जीएम कन्स्ट्रक्सनले भवन निर्माणको काम समयमै सम्पन्न नगरेको र पटक-पटक म्याद थप गर्दा समेत काममा ढिलाई गरेका कारण कालोसूचीमा राख्न भन्दै सार्वजनिक खरिद अनुमगन कार्यालयमा निवेदन दिएको थियो । सोही निवेदनको आधारमा सार्वजनिक खरिद ऐन २०६३को दफा १ अनुसार कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जनाएको छ ।
सो भवन निर्माणका लागि ४ करोड २२ लाख ५ हजार रुपैयाँमा जीएम कन्स्ट्रक्सनसँग सम्झौता गरिएको थियो ।
सम्झौता अनुसार भवन निर्माणको काम २०७० साउन १२ मा सम्पन्न हुनुपर्ने थियो । समयमै सम्पन्न नहुँदा तीन र त्यसपछि तीनपटक म्याद थप गरिएको र हालसम्म ३८ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
त्यस्तै मनकामना सप्लायर्सलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जानकारी दिएको छ ।
भूकम्पपिडीत लाभग्राहीका घर पुनर्निर्माणका लागि सम्झौता अनुसार काठ ढुवानी नगर्दा मनकामना सप्लायर्सलाई सार्वजनिक खरिद ऐन अनुसार कालोसूचीमा राखिएको हो ।
यी हुन् कालोसूचीमा परेका अन्य कम्पनी
सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार अन्य ठेकेदार कम्पनी समेत कालोसूचीमा परेका छन् ।
कार्यालयका अनुसार दी आनन्द प्रालि, टाटागाउँ प्रालि, एसबीए प्रगति जेभी, एसबीए छन् । यसैगरी प्रगति, शुभ नवारंग कन्स्ट्रक्सन, नेपाल प्रगति, महालक्ष्मी इन्जिनीयरिङ वर्कशप प्रालि, कैलाश निर्माण सेवा एण्ड सप्लायर्स प्रालि, सपना एण्ड सरोज कन्स्ट्रक्सन सप्लायर्स र कोस्टल पप्पु जेभी कालोसूचीमा परेका छन् ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...