कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पोखरा- आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गरी प्रदेशलाई आर्थिक रुपमा समृद्ध बनाउन गण्डकी प्रदेश सरकारले घोषणा गरेको होमस्टे (घरबास) कार्यक्रम अगाडी बढेको छ ।
प्रदेश सरकारको उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि पहिलो चरणमा प्रदेशमा १ सय ९० सामुदायिक होमस्टे सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ ।
उद्योग पर्यटन तथा वातावरण मन्त्रालयले शुक्रवार एक कार्यक्रम आयोजना गरी होमस्टे सञ्चालनका लागि सम्झौतापत्र हस्तान्तरण गरेको छ । आन्तरिक पर्यटन वर्ष २०१९ तथा होमस्टे प्रवर्द्धन कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, सभामुख नेत्रनाथ अधिकारी र होमस्टे सञ्चालकले सम्झौता पत्र हस्तान्तरण गरेका हुन् ।
होमस्टेलाई आवश्यक पूर्वाधार निर्माणका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्नेछ । प्रक्रियामा रहेका होमस्टेहरुले मात्र सरकारबाट आर्थिक सहयोग प्राप्त गर्ने छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशका ग्रामीण क्षेत्रका जनताको आर्थिक समृद्धिका लागि होमस्टे कार्यक्रमले सहयोग पुग्ने बताए । उनले गण्डकी प्रदेश पर्यटकीय दृष्टिले अब्बल रहेको बताउदै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनबाट गरिबी न्युनीकरण गर्न सकिने बताए । ‘प्रदेशमा रहेको गरिबीको सूचांकलाई ५ वर्षभित्र देखिने गरी तल झार्ने गरी योजना बताएका छौ', उनले भने, 'सरकारले प्रदेशमा ५ वर्षभित्र १४ प्रतिशत रहेको गरिबीलाई ७ प्रतिशतमा झार्ने छ । त्यसैगरी १२ वर्षभित्र प्रदेशको गरिबी २ प्रतिशतमा झार्ने योजना सहित काम अगाडी बढेको छ ।’ मुख्यमन्त्री गुरुङले प्रदेशको समृद्ध पर्यटन, जलस्रोत र कृषीबाटै सम्भव रहेको बताए ।
सभामुख नेत्रनाथ अधिकारीले भाषणले भन्दा पनि काम गरेर समृद्धि हासिल गर्न सकिने बताए । ‘प्रदेशका विभिन्न स्थानका पर्यटकीय संभावना भएका क्षेत्रहरुको पहिचान गरी आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्नुपर्छ’, उनले भने, ‘पर्यटनको विकासबाटै प्रदेशको विकास र समृद्धि सम्भव छ ।’
सभामुख अधिकारीले नेपालको अवस्था सुनको थाल हातमा लिएर भीख माग्न बसेको जस्तो भएको भन्दै अब, विकास र समृद्धिमा दृढ भएर लाग्नुपर्ने बताए ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममार्फत आर्थिक वर्ष ०७५/०७६ मा प्रदेशका विभिन्न ठाउँहरुमा ३ सय सामुदायिक होमस्टे बनाउने लक्ष्य लिएको छ ।
पहिलो चरणमा पूर्वाधार निर्माणका लागि अनुदान रकमको ४० प्रतिशत होमस्टेको खातामा रकम जम्मा गरीसकिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव बाबुराम भण्डारीले प्रदेश सरकारले हामेस्टे सञ्चालन कार्यविधि, होमस्टे पूर्वाधार व्यवस्थापन गर्न ३० करोड बजेट विनियोजन गरेको बताए। उनले होमस्टे सञ्चालकलाई १ हप्ते आधाभूत तालिम सञ्चालन गरिएको जानकारी दिए ।
प्रदेशका ११ जिल्लामा सञ्चालन हुने १ सय १० वटा होमस्टेमध्ये म्याग्दीमा ४, स्याङजामा ४२, तनहुँमा ३३, पर्वत ४२, गोर्खा ९, मुस्ताङ ३, लमजुङ १४, नवलपुर ६, र मनाङमा २ होमस्टेसँग पूँजीगत अनुदानका लागि सम्झौता गरिएको छ । विसं. २०५४ सालमा नेपालमै पहिलो पटक स्याङ्गजाको सिरुबारीमा होमस्टेको शुरुवात भएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...