३० असार २०८३, मंगलबार

न्युजील्यान्डका दुई मस्जिदमा गोलीकाण्ड, कैयौंको मृत्यु

न्युजील्यान्डका दुई मस्जिदमा गोलीकाण्ड, कैयौंको मृत्यु

काठमाडौं – न्युजील्यान्डको क्राइस्टचर्चमा रहेका दुई मस्जिदमा गोलीकाण्ड हुँदा अनेकौं मानिसको मृत्यु भएको न्युजील्यान्ड प्रहरीले पुष्टि गरेको छ । मृत्यु भएका मानिसको संख्या स्पष्ट हुन सकेको छैन ।

प्रहरी कमिस्नर माइक बुशले एक व्यक्तिलाई हिरासतमा लिइएको तर अरू व्यक्ति संलग्न भए नभएको प्रस्ट नभएको बताए । 

प्रत्यक्षदर्शीहरूले आफूहरू ज्यान जोगाउन भागेको अनि अल नूर मस्जिदबाहिर भुईंमा मानिसहरू रगतपच्छे भएर लडेको स्थानीय समाचारमाध्यमलाई बताए । 

अधिकारीहरूले अर्को सूचना नआउन्जेल सबै मस्जिद बन्द गर्न सल्लाह दिएका छन् । क्राइस्टचर्चका सबै विद्यालय बन्द गरिएका छन् । 

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री जासिन्डा आर्डर्नले घटनाका थप विवरण आउन बाँकी रहेको बताउँदै यो न्युजील्यान्डको सबभन्दा अँध्यारो दिनमध्ये एक भएको बताइन् । 

कतिजना आक्रमणकारी थिए भन्ने अझै प्रस्ट हुन सकेको छैन तर आफ्नो उद्देश्य लेखेको एक मेनिफेस्टो बोकेका अस्ट्रेलियाली चाहिँ एक बन्दूकधारी रहेको समाचारहरू आएका छन् । 

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्