×

NMB BANK
NIC ASIA

सरकारी लापरवाही

पत्याउनुहुन्छ ? सरकारी संस्थानमा ‘प्रतिकिलोमिटर ६–८ लिटर’ इन्धन सुविधा !

बैशाख ४, २०७६

NTC
Premier Steels

काठमाडौं – सरकारी सवारीसाधन प्रयोगको अवस्थाबारे जान्न हामीले मन्त्रालय, विभाग, संस्थान र आयोग लगायतसँग सूचना मागेका थियौं ।

Muktinath Bank

यसैक्रममा नेपाल खाद्य संस्थानले उपलब्ध गराएको सूचनाले हामीलाई झस्कायो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संस्थानले महालेखा परीक्षकको कार्यालयलाई समेत पठाएको विवरण हामीलाई उपलब्ध गराएको थियो ।


Advertisment
Nabil box
Kumari

संस्थानसँग ८ वटा ४ पांग्रे सवारीसाधन रहेको र तिनका प्रयोगकर्ताको विवरण हामीलाई उपलब्ध गराइएको सूचनामा उल्लेख छ । इन्धन सुविधाबारे त्यसमा भनिएको छ– ६, ७, ८ लिटर प्रतिकिलोमिटर । 

Vianet communication

यसको अर्थ १ किलोमिटर गुडेबापत कम्तिमा ६ लिटर इन्धन सुविधा उपलब्ध हुने भन्ने हुन्छ । त्यसो हुँदा कुनै गाडी दिनमा २० किलोमिटर गुड्यो भने उसले उक्त दिन १ सय २० लिटर इन्धन पाउने भयो ।

यो विषय अचम्म लाग्दो त थियो नै, यदि यस्तो हो भने ठूलो समाचार पनि । न्यूज रूममा केहीबेर सल्लाह भयो ।

संस्थानको छाप र ३ जनाले हस्ताक्षर गरेर उपलब्ध गराएको विवरणलाई सही मानेर समाचार छाप्ने विकल्प त हामीसँग थियो नै । तर पनि हामीले एक पटक फेरि संस्थानमा सम्पर्क राख्यौं ।

सूचना उपलब्ध गराएका वरिष्ठ अधिकृत केदार नेपाललाई सम्पर्क गर्दा थाहा भयो गाडीको हर्स पावर अनुसार ६ देखि ८ किलोमिटर गुडेबापत १ लिटर इन्धन उपलब्ध गराउने गरिएको रहेछ ।

उनले बताएको कुरा र हामीसँग रहेको सूचनामा उल्लेख भएको विवरण ठ्याक्कै विपरीत थिए । हामीले सूचनामा प्रतिकिलोमिटर ६ देखि ८ लिटर इन्धन उपलब्ध गराउने गरिएको कुरा विवरणमा उल्लेख रहेको बतायौं । 

त्यसपछि झस्किएका अधिकृत नेपालले भाषागत त्रुटि भएको बताए । ‘त्यस्तो छ र सर ? त्यसो हो भने टाइपिङमा मिस्टेक भयो । हामीले महालेखा परीक्षकको कार्यालयमा पनि त्यही विवरण पठाएका छौं,’ उनले भने ।

महालेखा परीक्षकको कार्यालयमा तत्काल सुधारिएको विवरण पठाउने भन्दै उनले आवश्यक भए अर्को विवरण लिन आउन हामीलाई पनि आग्रह गरे । त्यसको केही दिनपछि मंगलवार सम्पर्क गर्दा नेपालले महालेखामा सुधारिएको विवरण पठाइसकेको बताए ।

सवारीसाधन, प्रयोगकर्ता र इन्धन सुविधाको त्रुटिपूर्ण विवरण हेर्नुहोस् –

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x