काठमाडौं- लोक गायक विष्णु खत्रीले 'बिचल्ली' बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।
उनले आफ्नै युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।
गीतको लय र शब्द पनि गायक खत्रीकै हो । उनलाई स्वरमा देवी घर्ती मगरले साथ दिएकी छन् ।
सागर विरहीको एरेन्ज गरेको यस गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् ।
दिलिप रेग्मी निर्देशित गीतको म्युजिक भिडियोलाई मरुभूमि नारायणले खिचेका हुन् ।
भिडियोलाई सुजन शाहीले सम्पादन गरेका हुन् ।
गीतको भिडियोमा विष्णु खत्री, साया भण्डारी, दिलिप रेग्मी, झविन्द्र पौडेल, प्रल्हाद सुवेदी, शिक्षा थापा र आविष्कार थापाको अभिनय रहेको छ ।
भिडियो हेर्नुहोस् :