काठमाडौं, ६ चैत - प्रााय चलचित्रका गीत गाइरहने प्लेब्याक गायक चिरञ्जिवी भण्डारीको नयाँ गीत युट्युबमार्फत सार्वजनिक भएको छ ।

केही समय पहिले मात्र चट्टै मुटु काटेर... बोलको गीत बजारमा ल्याएका भण्डारीले नयाँ गीत कति राम्री परी... बोलको गीत सार्वजनिक गरेका छन् ।
गीतमा अर्जुन पोखरेलका संगीत छ । गीतको भिडियोमा नयन डिसी र नविना खनाल फिचरिङमा छन् । भुवन स्यांग्वो तामाङले भिडियोको निर्देशन गरेका छन् ।