२३ असार २०८३, मंगलबार

दिनदिनै अनार खानुस्, हुनेछन् यस्ता फाइदा

बैशाख १७, २०७६
दिनदिनै अनार खानुस्, हुनेछन् यस्ता फाइदा

काठमाडौं- अनार खान मीठो हुन्छ र स्वास्थ्यलाई पनि यसले खुबै फाइदा गर्छ । दिनदिनै अनारका दानाहरू खानुभएमा स्वास्थ्यसम्बन्धी समस्याहरू भाग्छन् ।

अनारमा फाइबर भरपूर हुन्छ । यसले पाचन क्रिया ठीक पार्छ र पेटसम्बन्धी समस्या हटाउँछ ।

अनारमा भएका गुणले स्तन, प्रोस्टेट र फोक्सोको क्यान्सरबाट बच्न सकिन्छ ।

अनारमा भिटामिन सी र एन्टीअक्सिडेन्ट तत्त्व विद्यमान हुन्छन् । यिनले रोगप्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछन् र कोलेस्ट्रोल स्तरलाई नियन्त्रित गर्छन् ।

दिनदिनै अनार खाँदा उच्च रक्तचाप हुन पाउँदैन र रगतको कमी पनि पूरा हुन्छ । तर मधुमेह रोगी हुनुहुन्छ भने अनार नखानुस् ।

अनार खाँदा शरीरमा रक्तप्रवाह सही तरिकाले हुन्छ । यसो भएमा हृदयघातको खतरा टर्छ ।

मूड खराब हुँदा अनारको सेवनले फाइदा गर्छ । तनाव छ भने अनार खानुस् ।

अनार खाँदा दिमाग तीखो हुन्छ र अल्झाइमर्स जस्ता रोगको जोखिम टर्छ ।

-एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्