पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं – सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माणको कार्य अन्तिम चरणमा पुर्याएको छ ।
आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट आउन १ हप्ता मात्रै बाँकी हुँदा विभिन्न मन्त्रालय र मातहतका निकायले अर्थ मन्त्रालयमा कार्यक्रम पठाइसकेका छन् ।
अर्थ मन्त्रालयले बजेट निर्माणबारे मन्त्रालयमा अन्तिम छलफल भइरहेको जानकारी दिएको छ ।
राष्ट्रिय योजना आयोगले तोकेको सीमा अनुसार अर्थ मन्त्रालयले संघका सबै मन्त्रालयलाई कार्यक्रम बनाउन निर्देशन दिइसकेको थियो । सोही अनुसार विभिन्न मन्त्रालयबाट अर्थ मन्त्रालयमा कार्यक्रम आएका र कार्यक्रमबारे अन्तिम छलफल भइरहेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।
आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई १ खर्ब ३७ अर्ब रुपैयाँ बराबरको कार्यक्रम निर्माणको सीमा रहेको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई तोकिएको सीमा अनुसार करीब १ खर्ब रुपैयाँ बजेट सडक विभागमार्फत खर्च गरिने मन्त्रालयले जनाएको छ । सडक विभागले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि लिएका मुख्य–मुख्य लक्ष्य मन्त्रालयमा पठाएको छ ।
मन्त्रालयमा पठाएको लक्ष्य अनुसार आगामी आर्थिक वर्षमा काठमाडौंको कोटेश्वरमा ‘अन्डर पास’ र बानेश्वर तथा त्रिपुरेश्वरमा ‘फ्लाई ओभर’ निर्माणका लागि ठेक्का व्यवस्थापन गर्ने लक्ष्य लिइएको छ । ‘कोटेश्वरमा अन्डर पास, बानेश्वर र त्रिपुरेश्वरमा फ्लाइ ओभरको डिजाइन कार्यसम्पन्न गरी ठेक्का व्यवस्थापन हुने’ सडक विभागले मन्त्रालयमा पठाएको विवरणमा उल्लेख गरिएको छ ।
मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षमा नारायणगढ–बुटवल १ सय १५ किलोमिटर सडकखण्ड ४ लेनमा विस्तार गर्नका लागि निर्माण शुरू गरिने छ ।
कमला–कञ्चनपुर सडक खण्डको ८७ किलोमिटर सडकको ठेक्का व्यवस्थापन गरी निर्माण शुरू गर्ने सडक विभागको लक्ष्य रहेको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत ४ सय ३५ किलोमिटर सडक कालोपत्रे गरिने र सडकमा १२ वटा पुल निर्माण सम्पन्न गर्ने लक्ष्य सडक विभागले लिएको छ । हुलाकी राजमार्ग अन्तर्गत ३ सय ५० किलोमिटर सडक कालोपत्रे गरी स्तरोन्नति गरिने र सडकमा १५ वटा पुल निर्माण सम्पन्न गरिने योजना सरकारको रहेको छ ।
आगामी आर्थिक वर्षमा कालिगण्डकी कोरिडोर अन्तर्गत ९० किलोमिटर सडक कालोपत्रे गर्ने र कर्णाली कोरिडोर अन्तर्गत २० किलोमिटर सडक ग्राभेलस्तर गरी अन्य १५ किलोमिटर सडकको ट्रयाक खोल्ने कार्य सम्पन्न हुने सरकारी लक्ष्य छ ।
जेठ १५ गतेभित्रै बजेट ल्याइसक्नुपर्ने संविधानको प्रावधान अनुसार सरकारले बजेट तथा कार्यक्रम निर्माणलाई तीब्रता दिएको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...