फागुन ३०, २०८०
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
काठमाडौं – सरकारले दुई वर्षअघि नै अघि सारेको कोटेश्वर–सूर्य विनायक सुरुङ बनाउने योजना अलपत्र परेको छ ।
आर्थिक वर्ष २०७४/०७५को बजेट वक्तव्यमार्फत कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङ मार्गमा परिणत गर्ने घोषणा गरिएको थियो । तर २ वर्ष समय बितिसक्दा र आगामी आर्थिक वर्ष २०७६/०७७को बजेट समेत आउनै लाग्दा उक्त सुरुङ मार्गको काम शुरू हुन सकेको छैन ।
विमानस्थलको धावनमार्ग विस्तार गर्न र विमानस्थल क्षेत्रवरिपरि हुने ट्याक्सी पार्किङ व्यवस्थित गर्ने उद्देश्यले सरकारले दुई वर्षअघि कोटेश्वरदेखि–सूर्यविनायक सडकलाई सुरुङ मार्गमा परिणत गर्ने घोषणा गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
विमानस्थल व्यवस्थित गर्न र कोटेश्वर क्षेत्रमा पर्ने ट्राफिक जाम हटाउनका लागि कोटेश्वर–सूर्यविनायक सडकलाई सुरुङ मार्गमा परिणत गरिने बजेट वक्तव्यमा उल्लेख गरिएको थियो ।
सुरुङमार्ग निर्माणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान उडान तथा अवतरणका लागि पर्याप्त ठाउँ हुने विश्वास भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लिएको थियो ।
सुरुङ मार्ग निर्माणपछि कोटेश्वर– सूर्यविनायक सुरुङ मार्गबाट सवारी साधन आवतजावत गर्ने सरकारी योजना थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कोटेश्वर – सूर्यविनायक सडकमा सुरुङ मार्ग निर्माणको काम भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयका सहसचिव शिवहरि सापकोटले सुरुङ मार्ग निर्माणका लागि जापानी अध्ययन टोलीले सडक विभागसँगको सहकार्यमा अध्ययन गरिरहेको जानकारी दिए । ‘सडक विभागसँगको सहकार्यमा जाइकाले प्रिमिनरी स्टडी गर्दैछ’ सापकोटाले भने, ‘आगामी आर्थिक वर्षको बजेटमा पनि त्यसलाई निरन्तरता दिइने कुरा छ । अलपत्र भन्न मिल्दैन ।’
सडक विभागका सह-प्रवक्ता अर्जुन सुवालले जाइकाले अध्ययन गरेर दुईवटा विकल्प दिएको र त्यसको बारेमा विभागबाट निर्णय हुन बाँकी रहेको जानकारी दिए । ‘आकाशे पुल बनाउने वा सुरुङमार्ग बनाउने दुईवटा विकाल्प दिएको थियो,’ सुवालले लोकान्तरसँग भने, ‘त्यसको बारेमा विभागबाट निर्णय हुन बाँकी छ ।’
सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि कोटेश्वरमा सुरुङ मार्ग, बानेश्वर र त्रिपुरेश्वरमा आकाशे पुल निर्माण गर्ने योजना अघि सार्ने भएको छ । त्यसका लागि सडक विभागले आवश्यक बजेट माग गरेको छ ।
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...