२८ असार २०८३, आइतबार

भारतीय गुगल ब्वाईको नेपाली गीतमा छमछमी (फोटोफिचर)

कात्तिक २०, २०७४
भारतीय गुगल ब्वाईको नेपाली गीतमा छमछमी (फोटोफिचर)
काठमाडौँ, ११ चैत– अद्भूत क्षमतावान् भनेर चर्चित भारतका नौ वर्षीय कौटिल्य पण्डित (गुगल ब्वाइ) बिहीबार नेपाल आएका छन् ।

उनले शनिबार राजधानीको सभागृहमा आफ्नो प्रतिभा देखाउने कार्यक्रम रहेको छ । नौ वर्षका कौटिल्य भारतमा मात्र होइन विश्वमानै चर्चित छन् ।

अरु बालकझैं खेल्ने उमेरका कौटिल्य भने विश्वमा आफ्नो अद्भूत क्षमताका कारण चर्चित छन् । उनलाई विश्वका अधिकांश कुराको ज्ञान छ ।

उनी आफ्नो देशको बारेमा, अन्तरिक्षको बारेमा र यस संसारमा भएका सबै चीजबारे जानकारी राख्छन् ।  

गुगल ब्वाइले काभ्रेको काभ्रेपलाञ्चोक भगवती, सिन्धुलीको कुशेस्वर महादेव, काठमाडौँ र पोखराका विशेष धार्मिक एवं पर्यटकीय स्थानहरूको भ्रमण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।





तस्वीर : बसन्त श्रेष्ठको फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्