२८ असार २०८३, आइतबार

कपिल र सुनीललाई म मिलाउँछु :सिद्धू पाजी

कात्तिक २०, २०७४
कपिल र सुनीललाई म मिलाउँछु :सिद्धू पाजी
टेलिभिजन शो ‘द कपिल शर्मा शो’ मा कपिलका सहयोगी एवं मित्र सुनीलले छोड्ने फैसला गरेसँगै कपिल शर्माको शो समस्यामा परेको छ ।
केही दिनपहिला सुटिङको लागि गेस्ट समेत कपिलले नपाएको र सुनीलसँग अन्य कलाकारले पनि सेट छाडेपछि उनी समस्यमा परेको खबरहरु सार्वजनिक भएका छन् ।

यसैवीच कपिल शर्माको शोमा जजको भूमिका रहेका नवजोत सिंह सिद्धूले भने कपिल र सुनील ग्रोबरलाई मिलाउने काम आफ्नो भएको बताएका छन् । आफू उक्त शोको सवैभन्दा पाको सदस्य भएका हैसियतले कपिल र सिद्धूलाई मिलाउने जिम्मेवारी आफ्नो भएको सिद्धूले बताएका छन् ।

सिद्धूमाथि समेत कपिलको शो छाड्न दवाव परेको छ । तर उनले आफूलाई कुनै पनि कार्यक्रममा सहभागी हुने स्वतन्त्रता रहेको बताएका छन् ।

केही दिन पहिला कपिल र सुनीलका बीच भएको लडाइका कारण उनीहरुको सम्बन्धमा समस्या आएको छ । जसका कारण पूरै टीममा हल्ला फैलिएको छ । सुनीलले शो छाडिसकेका छन् भने अन्य सदस्य पनि शो छाड्ने तयारीमा रहेका सामाचारहरु सार्वजनिक भएसँग कपिलको शो नै संकटमा परेको छ ।

यस मामलामा सिद्धूले कपिल र सुनीद भाइ भाइ भएको भन्दै आफूले उनीहरुलाई मिलाउने भूमिका खेल्ने बताए । दर्शकलाई भरपुर मनोरञ्जन दिने कार्यक्रम भएका कारण यो शो रोकिनु दुखद् हुने उनको भनाइ छ ।

सिद्धू यो शोको सुरुवात देखिनै छन् र सवै सदस्यहरुले उनको आदर गर्छन् । कपिल र सुनीलका अलाव सिद्धू पनि शोका विषमा लिएर विवादमा भने आइरहन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्