![विप्लव समूहको बन्दको प्रभाव कस्तो देखियो काठमाडौंमा ? [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/banda1_cover_VsJOjGgIMq.jpg)
काठमाडौं – नेता कार्यकर्ता पक्राउको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्दको राजधानी काठमाडौं उपत्यकामा नगन्य प्रभाव परेको छ ।
बिहान सार्वजनिक यातायात पातलो चलेपनि कार्यालय समयमा सार्वजनिक यातायातका साधन साविकजस्तै चलिरहेका छन् ।
काठमाडौंका निजी शिक्षण संस्था अघोषित रुपमा बन्द छन् । उपत्यका इन्चार्ज माइला लामा पक्राउको विरोधमा विप्लव समूहले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा बन्द आह्वान गरेको थियो




