काठमाडौं- 'भ्वाइस अफ नेपाल'को पहिलो संस्करणबाट चर्चामा आएका सुशील गर्तौलाले आफ्नो पहिलो गीत ‘पहिलो यो माया’ सार्वजनिक गरेका छन् ।
शास्त्रीय संगीतका पारखी गर्तौलाको यो गीतलाई धनबहादुर गोपालीले लेखेका हुन् भने संगीत श्री केसीको रहेको छ ।
गीतको म्युजिक भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेलले अभिनय गरेका छन् ।
प्रकाश धितालले निर्देशन गरेको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् ।
गीतको भिडियोलाई सन्तोष राजबाकहले निकै कलात्मक ढंगबाट कोरियोग्राफी गरेका छन् ।
उनको यो शास्त्रीय संगीतमा आधारित गीतलाई संगीतप्रेमीहरूले पराइरहेका छन् भने धेरैले राम्रो प्रतिक्रिया जनाइरहेका छन् ।
भिडियो हेर्नुहोस् :