काठमाडौं – चन्दा चौधरी राष्ट्रिय जनता पार्टी (राजपा)की प्रभावशाली नेतृ एवं प्रतिनिधि सभा सदस्य हुन् ।
मुलुक संघीय संरचनामा गएर प्रदेश सरकार गठन भएपनि जनअपेक्षा अनुसार काम हुन नसकेको उनको विश्लेषण छ ।
लोकान्तर डटकमको ‘लोकान्तर शो’का लागि कुरा गर्दै सांसद चौधरीले सरकारले संविधानप्रति अपनत्व महसूस गर्ने वातावरण सिर्जना हुन नदिएको आरोप लगाइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पटक–पटक संविधान गीता, पुराण र बाइबलजस्तो संशोधन गर्नै नसक्ने विषय नभएको बताएपनि सरकारले संविधान संशोधन गर्न इच्छा नदेखाएको उनको टिप्पणी छ ।
नयाँ संविधानअनुसार बनेको संसद्मा सहभागिता जनाइसकेपछि पनि संविधान दिवसलाई किन बहिष्कार गरेको ? लाल आयोगको प्रतिवेदनलाई किन राजपाले जीवन/मरणको सबाल बनाएको ? लगायतका प्रश्नमा चौधरीको जवाफ हेर्नुहोस्, भिडियोमा :