असोज ६, २०८०
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो सम्पर्क-सञ्जाललाई संसारैभर फैलाएको छ, फैलाउँदो छ । पेशा, लगानी, रोजगारी वा पढाइ जे-जस्तो प्रयोजनका लागि भए पनि देश छोडेर परदेश गएका नेपाली (र नेपालीभाषीहरू) फुर्सदको सीमित समयको उपयोग गर्दै राष्ट्रिय वाङ्मयमा योगदान पुग्ने थरी-थरीका कार्य गर्छन् । रुचि अनुसारका संघ, समूह र जमात बनाई तिनलाई कृयाशील तुल्याउन आ-आफ्ना श्रम,साधन लगाउँछन् । भेला, मेलाहरूको आयोजना गरी तिनबाट नेपाली मन औ नेपालीपनको अभिव्यक्ति गराउँछन् । देश-काल-परिस्थितिले अर्को मुलुकको राहदानी प्रयोग गर्नुपरे तापनि नेपालीभाषीहरू हाँसी-हाँसी आफ्नो जन्मथलो, मूलथलोका मौलिकता चिनारी गराउँदै हिंड्न रमाएका हुन्छन् ; देखिन्छन् ।
साहित्यिक जमघट र प्रकाशनहरूले यसै परिचय पक्षलाई अनुभूत गराउँछन् । यसमा अन्य कतिपय संस्था र संगठनमा झैं दलगत,जातिगत साँगुरा सोचहरूले डेरा जमाउन पाएका हुँदैनन् । साहित्यको फराकिलो फाँटमा सबैतिरका सिर्जनशीलता अटाउने हुनाले होला, साहित्यिक संस्थालाई यस्ता कुराले त्यतिसाह्रो असर पार्दो रहेनछ । साहित्यको संसार त्यसै पनि उन्मुक्त, उज्यालो , हितकारी र मनकारी ।
‘प्रवासका जूनहरू’ २५ वटा मीठ पद्य रचनाको सँगालोलाई यसै परिवेशमा हेर्न सकिन्छ । र, यसमा समेटिएका महेश्वर शर्माका उद्गार तथा अभिव्यक्तिलाई स्वदेशप्रति परदेशका बासिन्दा हुन पुगेका नेपालीहरूको आस्था र मायाको झलक दिने प्रतिनिधि पात्रका भावनाको पुञ्ज मानिदिए फरक पर्दैन । पुरानो बस्ती, भानुभक्त संझना , झण्डा बोकेर , घर फर्किन्छु आमा, देश र दशैं जस्ता शीर्षकमुनि छचल्किएका भावोद्गार यस प्रसङ्का दृष्टान्त हुन् । स्याङ्जा (पाखुरे) मा जन्मेका र भगवान् बुध्दको मावली गाउँ देवदहमा हुर्केका शर्माको कर्मथलो यतिखेर अष्ट्रेलियाको न्यू साउथ वेल्स (NSW) प्रदेश भएको छ । शर्मा सिड्नी शरहरका सामान्य बासिन्दाहरूको साहित्य सेवामा खट्न रुचाउने युवक हुन् । साहित्यक रुचिमा रमाउने शर्मालाई यसबीच साथी, दौंतरीहरूले अर्को जिम्मेवारी पनि लिन प्रेरित गरेछन्---अनेसास NSW च्याप्टरको अध्यक्ष भएर । उनी पनि देशप्रेमी, साहित्यप्रेमीहरू भेला गराएर भानु जयन्ती मनाउन पाउँदा, महाकवि देवकोटाका रचना वाचन गराउँदा खुबै रमाउँछन् । त्यसलाई विशेष काम गरें भन्ने उनलाई लाग्दैन ।
नेपाली जन-जिब्रोले सहज समातेको भाषामा तोतेबोली नै सही बोल्न जान्ने, हौसिनेहरूलाई थप हौसला दिने माध्यम बन्न सकेकोमा नै शर्मालाई गर्व छ । त्यसैगरी, साहित्य र संस्कृतिका विधामा सुपरिचित व्यक्तित्वहरूलाई अनेसासको आँगनमा डाकेर स-सम्मान प्रोत्साहनका शब्दहरू बोल्न लगाएर सुन्ने अवसर पाउँदा शर्माको टोलीलाई ठूलो सन्तोष हुँदो रहेछ । जीवननिर्वाहको लागि नित्य कडा परिश्रममा जुट्नु पर्ने शर्मा र समवयी तन्नेरीका हातगोडाले त्यसै पनि आरामको लागि साह्रै सीमित समय पाएका हुन्छन् । त्यसबाट पनि उबार्न सकिएको समय उबारेर, स्रोत र साधन एकत्र गरेर नेपाली मन र नेपालीपनका अभिव्यक्ति बटुल्ने, अवसर निकाल्नु सर्वथा तारिफयोग्य उपलब्धि हो ।
शर्माले घर-गृहस्थी र इलमबाट जोगाएको समय आफ्नो रुचिको व्यसनमा लगाएका हुन् । संयोग हो, उनको रुचि साहित्य सिर्जना भएको हुनाले त्यसबाट प्राप्त हुने सन्तुष्टि उनको भयो; तर प्रतिफल त कवितामा पोखिने भावसित नजिकिन चाहने सबैले पाउने भए, पाएका छन् । रसीला कविताभित्र खँदिला सन्देश फेला पारेका छन् । शरद याममा पढ्न रमाइलो हुने ‘दशैं’ शीर्षकको कविता यस्तो छ :---
सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...
गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...