मंसिर ४, २०८०
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
असोज १२, २०७६
काठमाडौं– बजार अनुगमन काठमाडौं उपत्यकामा मात्रै केन्द्रित हुँदा दशैंमा काठमाडौंबाट बाहिरिने यात्रुले ठगिनुपरिहेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्ने अनुगमन उपत्यकाभित्र मात्र सीमित हुँदा दशैंका लागि काठमाडौं छाड्ने यात्रुले वस्तु तथा सेवाको मूल्य वास्तविकभन्दा निकै धेरै तिर्नुपर्ने बाध्यता छ ।
बुधवार काठमाडौंबाट कञ्चनपुर गएका राजेन्द्र भट्टले धादिङको नौबीसेदेखि नै ठगी भइरहेको गुनासो गरे ।
सवारी जाम छिचोल्दै बल्लबल्ल नौबीसे पुगेको बताउने राजेन्द्रले नौबीसेमा एउटै चाउचाउको मूल्य ५० रुपैयाँ तिर्नुपरेको गुनासो फोनमार्फत सुनाए ।
शुक्रवार कैलाली गएका पारस मल्लले पनि पूर्वपश्चिम राजमार्गमा व्यवसायीहरूले खाजा र खानाको चर्को मूल्य लिइरहेका बताए । शनिवार कैलाली पुगेका मल्लले नौबीसेमा खाजाको रूपमा समोसा अर्डर गर्दा व्यापारीले समोसा, चना, चिउरा र मासुको सेट नै ल्याएर चर्को मूल्य लिएको बताए ।
‘सामान्य खाजाको रूपमा समोसा–तरकारी मात्रै खाँदा बढीमा सय, डेढसय रुपैयाँ तिर्नुपर्ने हो,’ फोनमा उनले लोकान्तरसँग भने, ‘तर त्यस्तो छैन । समोसा खानलाई अर्डर गरेको मासुसहितको पूरै सेट ल्याइदियो । त्यतिखेर केही बोल्न सक्ने स्थिति भएन । ३ सय रुपैयाँ लियो ।’
राजमार्गका होटलमा खाना समेत बासी वितरण गर्ने गरेको उनको आरोप छ । काठमाडौंबाट बाहिरिने यात्रुलाई उनले आफूलाई चाहिने खाजा, खाना तथा अन्य सामान पनि आफैं बोक्न सुझाव दिए ।
यी केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन् ।
राजमार्गमा व्यापारीले यात्रुसँग खाना, खाजा, पेय पदार्थ तथा अन्य जंक फूडको चर्को मूल्य लिँदै आएका छन् ।
काठमाडौं उपत्यका र बाहिरका पसलहरूमा करीब–करीब उस्तै मूल्यमा पाइने वस्तुको मूल्य राजमार्गमा दोब्बरभन्दा बढी लिने गरेको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन राजमार्गमा व्यापारीले चर्को मूल्य लिने गरेको कुरा पुष्टि भइसकेपनि वाणिज्य विभागले त्यतातिरको अनुगमनमा चासो नदिएको अरोप लगाउँछन् ।
‘राजमार्गमा २५ रुपैयाँको मिनरल वाटरको बोत्तललाई ५० देखि ५५ रुपैयाँसम्म पर्छ । खानामा पनि बढी रुपैयाँ लिएर बासी खाने कुरा दिने गर्छन्,’ उनले भने, ‘त्यो अनुगमन गर्ने दायित्व वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको हो तर उनीहरूले त्यसमा चासो नै दिएका छैनन् ।’
गत शुक्रवार धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको संयोजकत्वमा गरिएको छड्के अनुगमनमा पनि बासी खाना दिने गरेको र चलेको मूल्यभन्दा बढी मूल्य लिने गरेको पाइएको थियो ।
उक्त घटनाले पनि राजमार्गमा व्यापारीहरूको मनोमानी रहेको पुष्टि हुने अध्यक्ष महर्जनको दाबी छ ।
त्यसका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई प्रभावकारी बनाउनु पर्नेमा उनको जोड छ ।
सरकारी अनुगमन उपत्यका केन्द्रित
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गर्दै आएको बजार अनुगमन काठमाडौं उपत्यकामा मात्रै केन्द्रित रहेको देखिएको छ ।
गत आर्थिक वर्ष २०७५/०७६ देखिकै बजार अनुगमन उपत्यकामा मात्रै केन्द्रित रहेकाे विभागको तथ्यांकले देखाउँछ ।
विभागले गत आव २०७५/०७६ मा कुल १६ सय ७२ अनुगमन गरेकोमा उपत्यकाबाहिर जम्मा २ सय ६० अनुगमन मात्रै गरेको छ । बाँकी १ सय ४१२ अनुगमन काठमाडौं उपत्यकामा मात्रै भएको तथ्यांकमा उल्लेख छ ।
चालू आर्थिक वर्षमा भएको अनुगमन पनि उपत्यकामा मात्रै केन्द्रित छ । चालू आवको साउन महिनामा कुल ८९ अनुगमन भएकोमा ८५ वटा अनुगमन उपत्यकामा र ४ वटा अनुगमन उपत्यका बाहिर भएका छन् ।
विभागले भदौयता गर्दै आएको अनुगमन शत् प्रतिशत उपत्यकामा मात्रै केन्द्रित छ । भदौमा कुल १ सय ७७ अनुगमन भएकोमा सबै अनुगमन काठमाडौं उपत्यका नै भएको छ । भदौमा उपत्यका बाहिर अनुगमन नै भएको छैन ।
विभागले असोजमा बजार अनुगमनलाई तीव्रता दिएको दाबी गरेको छ ।
असोज लागेसँगै दशैंतिहार पनि नजिकिएकाले विभागले दैनिक ३ देखि ६ टोली बजार अनुगमनका लागि खटाउने गरेको छ तर उपत्यकाबाहिर एउटा पनि टोली खटाइएको छैन ।
‘बाहिर अनुगमनमा जाने भनेको अस्ति बिदाले गर्दा जान सकिएन,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने, ‘पछि उपत्यकामा नै अनुगमन गर्ने गरेर ६ वटा टोलीसम्म दैनिक खटाउने गरेका छौं ।’
बाहिर अनुगमन गर्नका लागि कर्मचारीको अभाव रहेको समेत गौचनको भनाइ छ ।
उपत्यकामै अनुगमन गर्नका लागि पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट ७ जना अधिकृत सहित १८ जना कर्मचारी मगाएर अनुगमन गर्नु परेको गौचनले बताए ।
राजमार्गका होटल तथा रेस्टूरेन्टहरूमा अनुगमन गर्ने दायित्व खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पनि भएकाले संयुक्त रूपमा दुवै विभाग अनुगमनमा जानका लागि छलफल भइरहेको गौचनले बताए ।
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि बजार अनुगमन गरिरहेको दाबी गरेको छ । तर आफूहरूको अनुगमन गुणस्तरको हिसाबले मात्रै रहेको र मूल्यको विषयमा अनुगमन गर्ने अधिकार विभागलाई नभएको प्रवक्ता मोहनकृष्ण महर्जन बताउँछन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले होटेल, रेस्टूरेन्ट तथा विभिन्न उद्योगमा अनुगमन गरिएको दाबी महर्जनले गरे ।
विभाग तथा विभागका विभिन्न कार्यालले चालू आर्थिक वर्षको साउन र भदौमा २ सय २९ वटा होटल तथा रेस्टूरेन्टमा अनुगमन गरेको तथ्यांक छ ।
राजमार्गमा भने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि अनुगमन गरेको तथ्यांकमा देखिँदैन ।
विभागका प्रवक्ता महर्जनले राजमार्गमा प्रभावकारी अनुगमन नभएको स्वीकार गर्दै अब अनुगमन गरिने बताए ।
राजमार्गमा अत्यधिक मूल्य लिने गरेको सन्दर्भमा वाणिज्य विभागसँगै समन्वय गरेर भएपनि अनुगमन गर्ने उनको भनाइ छ ।
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...