०६ साउन २०८३, बुधबार

४० हजार घुससहित प्रधानाध्यापक पक्राउ

असोज १४, २०७६
४० हजार घुससहित प्रधानाध्यापक पक्राउ

बुटवल – शिक्षक नियुक्त गरिदिन्छु भन्दै घुस माग्नेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ गरेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–८ स्थित बालज्योति माविका प्रधानध्यापक रविन्द्रप्रसाद मौर्य र कार्यालय सहयोगी रामकुमार लोनियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले मंगलवार रंगेहात पक्राउ गरेको हो ।

मंगलवार ११ बजेदेखि विज्ञान विषयको अनुदान कोटामा शिक्षक नियुक्त गर्न परीक्षा चलिरहेको थियो । 

पैसा दिए नाम निकालिदिने भन्दै मौर्यले ४० हजार रुपैयाँ घुस लिएको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियार कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनीहरूलाई शिवराज–५ चन्द्रौटाबाट पक्राउ गरिएको हो ।

दुवै जनालाई बुटवल कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्