×

NMB BANK
NIC ASIA

ललितपुरका ‘म्यादी प्रहरी बा’ पाँचौं चुनाव गराउँदै !

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
ललितपुर चापागाउँ– ५ मा बस्ने मित्रराज तिमलसिना स्थानीयमाझ ‘म्यादी प्रहरी बा’का रुपमा चिनिन्छन् । उनी ०४८ सालदेखि लगातार म्यादी प्रहरीमा सहभागी हुँदै आएका छन् ।

गाउँमा निष्पक्ष चुनाव गराउन आफूले केही योगदान गर्न सकिन्छ कि भन्ने उदेश्यका साथ म्यादी प्रहरीमा भर्ना हुने गरेको उनी बताउँछन् । ४३ बर्षीय मित्रराज बुधवार ललितपुरको जावलाखेलस्थित फुटबल मैदानमा म्यादी प्रहरीलाई लिइने मौखिक परीक्षाको लागि लाइनमा बसिरहेका थिए ।

सरहका गाउँका युवाहरुसँग चैत्रको मध्यान्हमा टन्टलापुर घाममा उनी आफ्नो जीवनको पाँचौ पटक म्याद प्रहरी बन्ने सपना पूरा गर्न मौखिक परीक्षामा सहभागी हुन आएका थिए ।

जिल्ला प्रहरी कार्यालय ललितपुरले वैशाख ३१ गते हुने स्थानीय चुनावको लागी एक हजार ३८ जना म्यादी प्रहरीलाई भर्ना लिँदैछ । प्रत्येक चुनावमा म्यादी प्रहरी बनेर सेवा गर्दै आएका मित्रराज यसपाली पनि म्यादी प्रहरीको लाइनमा बस्दा दंग थिए ।
पहिलोपटक म्यादी प्रहरीको लागि मौखिक परीक्षामा सहभागी हुन आएकाहरुलाई मित्रराज हौस्याउँदै म्यादी प्रहरी बन्न डर नमान्न र इमान्दारीताका साथ काम गर्नुपर्ने पाठ पढाउँदै थिए । आफू पहिलो पटक म्यादी प्रहरी बन्दाताकाको अनुभवहरु सुनाउँदै थिए मित्रराज ।

आफ्नो परिवारमा कोही प्रहरी सेवामा नलागेपनि नजिकको ठूलाबुबा र परिवारका सदस्यहरु नेपाली सेनामा भर्ना भएको देखेर सुरक्षा सेवाप्रति मोह बढेको उनी बताउँछन् ।

उनले २०४७ सालमा नेपाली सेनामा भर्ना हुन नखोजेका पनि होइनन् । ‘त्यतिबेला निकै दुब्लो, पातलो थिए । त्यसै कारणले आर्मीमा भर्ना भएर राष्ट्रको सेवा गर्ने अवसर पाइन’ उनले लोकान्तरलाइ सुनाए ।

नेपाली सेनामा भर्ति हुन नपाएपनि उनले पहिलोपटक २०४८ सालको चुनावमा म्यादी प्रहरीको रुपमा सहभागीता जनाएका थिए । पुराना दिनको स्मरणगर्दै मित्रराज भन्छन् ‘त्यतिबेला यसरी म्यादी प्रहरीमा जाने निकै थोरै हुन्थे ।’ त्यतिबेला ललितपुरको तिखिदेवलस्थित उमामहेश्वरीको चुनावी बुथमा सहभागी भएको उनले सुनाए । पहिलो पटक म्यादी प्रहरी भएबापत ३ हजार रुपैयाँ थापेका थिए ।

२०५१ सालको चुनावमा उनी म्यादी प्रहरी बनेरै ललितपुरको पुल्चोकमा खटिएका थिए । र, त्यतिबेला उनको हातमा प–यो ५ हजार रुपैया ।

मित्रराज २०६४ सालको चुनावमा बुखेलमा खटिएका थिए भने उनले त्यतिबेला १५ हजार रुपैयाँ पाएको सुनाउँछन् । २०७० सालको संविधान सभाको चुनावमा पनि म्यादी प्रहरी बनेरै उनी काठमाडौंको एयरपोर्ट साइडतिर खटिएका थिए ।

२०७० सालको चुनावमा उनले २६ हजार २ सय रुपैयाँ पाएको बताए । अहिले उनी आफ्नो जीवनको पाँचौपटक म्यादी प्रहरी बन्ने सपना पुरा गर्न लाग्दैछन् । ‘पाँचौ पटक चुनावको सुरक्षा गरेर राष्ट्रको सेवागर्ने मौका कुरेर बसेको छुँ’ यसमा उनी आफूलाई निकै भाग्यमानी ठान्छन् ।

यसपाली पनि उतिकै उत्साहका साथ म्यादी प्रहरीमा सहभागी हुन लागेका छन् । कुनै एक पार्टीमा आफ्नो आस्था भएपनि चुनावको बेला म्यादी प्रहरीमा बस्नुपरेका कारण प्रत्यक्ष भोट हाल्न नपाएकोप्रति उनको दुखेसो छ ।

संविधानसभाका दुइवटै निर्वाचनमा उनले समानुपातिकतर्फ भोट हाल्न पाए । ‘प्रहरीमा लागेपछि अघिपछि जस्तो राजनैतिक गफ र पार्टी भनेर लाग्न पाइँदैन’ मित्रराजले म्यादी प्रहरीमा भर्ना हुन आएका युवालाई आफ्नो अनुभव सुनाउदै थिए ।
प्रहरी भएपछि राजनैतिक कुराप्रति चासोभन्दा बढी आफ्नो ड्युटी र चुनावको सुरक्षामै बढी सतर्क हुनुपर्छ उनले भने । म्यादी प्रहरी बन्ने उनको चाहनालाई परिवारले पनि साथ दिएको छ । र, स्वास्थ्यले पनि । ‘उमेरले भ्याएसम्म अब आउने चुनावमा पनि भाग लिँदै जानेछु’ उनले भने । पाँचौं पटक म्यादी प्रहरी बन्न लागेका मित्रराजलाई अर्को बर्ष हुने संसदीय निर्वाचनमा पनि सभागि हुने इच्छा छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x