११ साउन २०८३, सोमबार

चीनमा भीरमाथि बनाइयो ३० तल्ले भवन जति अग्लो पिङ, दह्रो मुटु भएकाले मात्र आँट्छन् (भिडियो)

चीनमा भीरमाथि बनाइयो ३० तल्ले भवन जति अग्लो पिङ, दह्रो मुटु भएकाले मात्र आँट्छन् (भिडियो)

काठमाडौं – चीनको चोङकिङमा विशाल पिङ बनाइएको छ । २३ सय फीट अग्लो ठाउँमा एउटा भीरको छेउमा ३० तल्ले भवन जति नै अग्लो पिङ बनाइएको हो । 

चक्करै आउने उक्त पिङमा बसेर ८० माइल प्रतिघन्टाको गतिमा रोमाञ्च खोज्नेहरू रमाउनेछन् । नदीसहितको उपत्यकामाथि उक्त पिङ राखिएको छ । 

चोङकिङमा अनौठा संरचनाहरू प्रशस्तै छन् । त्यहाँ हजार फीट अग्लो भीरमा विशाल हल्लिने कुर्सी बनाइएको छ । 

तर अहिले बनाइएको पिङ त्यसभन्दा अग्लो, द्रुत गतिको र डरलाग्दो छ । 

युनयाङ लोङगाङ सिनक स्पटको एक अंगका रूपमा उक्त विशाल पिङलाई ३२८ फीट अग्लो आर्क र ३५४ फीट अग्लो लोन्चिङ टावरमा राखिएको छ । त्यो तीन हजार ६ सय ८ फीटको उचाइमा छ ।

एकपटकमा तीनजनालाई पिङमा राख्न मिल्छ । उनीहरूलाई लोन्चिङ टावरमा बाँधिएको डोरीले हावामा उचालिन्छ र तीव्र गतिमा हुत्याइन्छ । 

पिङ बनाउने इन्जिनीयर शी शुएबिनले पिङ भुइँबाट ९० डिग्रीको कोणसम्म माथि उचालिन्छ अर्थात् भीरको छेउबाट २३० फीट माथि पुग्न सक्छ । 

इन्जिनीयरले यसको सुरक्षाका विषयमा मानिसहरूलाई ढुक्क रहन भनेका छन् । 

पिङमा चार महिनासम्म सुरक्षा जाँच गरिएको र यसले १० म्याग्निच्युडको भूकम्प पनि सहने उनले बताए । अनि १०३ माइल प्रतिघन्टाको हावालाई पनि यसले सहने उनको भनाइ छ । 

‘पर्यटकहरूले युरोपेली संघबाट प्रमाणित सुरक्षा वस्त्र लगाउनुपर्नेछ । उनीहरूलाई थप सुरक्षा दिनका लागि हामीले कपडाबाहिर सुरक्षा बेल्टहरू पनि थपेका छौं,’ शीले बताए । 

पिङलाई सन् २०२० को पहिलो दिनबाट आरम्भ गरिनेछ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्