
काठमाडौं– नेपाली भूमि कालापानीलाई आफ्नो नक्सामा पार्ने गरी भारतले नयाँ नक्सा सार्वजनिक गरेको विरोधमा नेत्रविक्रम चन्द (विप्लव) निकट विद्यार्थी संगठनले राजधानीमा प्रदर्शन गरेको छ ।
आइतवार माइतीघर मण्डलामा भेला भएर विद्यार्थीहरूले सीमा अतिक्रमणविरुद्ध चर्को नाराबाजी गरेका हुन् । उनीहरूले ‘गो ब्याक इण्डिया’को नारा लगाएका छन् ।

नेकपा महासचिव विप्लवका छोरा प्रकाश चन्द पनि विरोध कार्यक्रममा सहभागी हुने बताइएपनि उनी सहभागी नहुँदै प्रहरीले प्रदर्शनकारीमाथि हस्तक्षेप गरेको छ ।
प्रदर्शनमा सहभागी ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विद्यार्थीका नाममा प्रदर्शन गरेपनि प्रतिबन्धित विप्लव समूहको कार्यकर्ता भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीले पक्राउ परेकाहरूको पहिचान खुलाएको छैन ।