×

NIC ASIA

लेखा समिति सभापति भन्छन्– कांग्रेसले तोकेको भनेर बुटवलबाट राजधानी नसारियोस् !

मंसिर ६, २०७६

Prabhu Bank
NTC
Premier Steels

प्रतिनिधि सभाअन्तर्गत सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले प्रदेश ५ को स्थायी राजधानी बुटवल नै हुनुपर्ने बताएका छन् ।

Muktinath Bank

कांग्रेसले प्रदेशका राजधानी तोकेको भन्दै अन्यत्र सार्न नहुने उनको जिकिर छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शाहले प्रदेशको उपयुक्त राजधानी बुटवल नै भएको र हुने दाबी समेत गरे । प्रदेशको नामाकरण र स्थायी राजधानी छिट्टो टुंगो लगाउनुपर्ने उनको माग छ ।


Advertisment
Nabil box
Kumari

मुलुकमा बढिरहेको आर्थिक विसंगति रोक्न आफूहरू लागिपरेको समेत शाहले बताए । दश वर्ष पहिलेदेखि गोलमाल भएको हिसाब मिलान, कारवाही, असूलउपर, बेरुजु फर्छ्यौट, माफी लगायतका प्रक्रियामा समिति क्रियाशील भएर काम गरिरहेको उनले दाबी गरे । 

Vianet communication

‘यही अवस्था रहिरहे नेपालको आर्थिक अवस्था एक दिन गर्ल्याम–गुर्लुम ढल्न सक्छ, राज्यको ढुकुटी सरकारले जथाभावी पैसा बाँडेर रित्याइयो, मनपरी खर्च बढेको छ । सरकारले ट्याक्स बढाउने कामबाहेक अरू केही गरेन,’ उनले भने ।

सरकारले गरेका एक–एक कामको लेखाजोखा भैरहेको भन्दै उनले कुनैपनि पदमा रहेकालाई आर्थिक हिसाब हिनामिना गर्ने अधिकार नहुने बताए ।

सभापति शाहले अन्तशुल्कको स्टिकर छपाइको टेन्डर नेपाली कम्पनीले पाउनुपर्ने बताए ।

अर्थ मन्त्रालयले मनोमानी गरेर ४ अर्ब बराबरको टेन्डर विदेशी कम्पनीलाई दिएको भन्दै उनले नेपाली कम्पनीलाई नै टेन्डर दिन निर्देशन समेत दिइएको बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x