१२ साउन २०८३, मंगलबार

सीमा अतिक्रमण विरूद्ध विप्लवका विद्यार्थीको प्रदर्शन

मंसिर ८, २०७६
सीमा अतिक्रमण विरूद्ध विप्लवका विद्यार्थीको प्रदर्शन

नेपालको कालापानीमा सीमा अतिक्रमण गरेको विरोधमा नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आइतबार बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

बुटवलको योगिकुटी, कालिकानगर, देवीनगर,  मिलनचोकबाट विद्यार्थीहरूले एकसाथ जुलुश निकालेका थिए । कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो, भारतीय सेना नेपालभूमि छोड, लगायतका नारा लगाउँदै विद्यार्थीले विरोध जुलुश निकालेका हुन् ।

प्रहरीले उनीहरूले समातेका हसिया हथौडाका झण्डाहरू नियन्त्रणमा लिएको थियो ।  अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा विरोध जुलुश निकालिएको हो ।

विरोध जुलुशमा बुटवलका विभिन्न शैक्षिक संस्था तथा कलेजमा अध्ययनरत विद्यार्थीको सहभागिता रहेको थियो । स्कुल, कलेजको ड्रेससहित हातमा कापी र किताब छोपेका विद्यार्थीले प्रहरी प्रशासनलाई चुनौती दिँदै भारतका विरुद्ध चर्काचर्का नारा लगाए । 

बुटवलको मिलनचोक, चौराहा र कालिकानगरबाट प्रहरीलाई आन्दोलनकारी विद्यार्थीले झुक्काउदै जुलुश अगाडि बढेको थियो ।

भारतीय साम्राज्यवादी नीतिअनुसार नेपाली भूमि अतिक्रमण भएकाले अतिक्रमित भूमि फिर्ता गर्न आन्दोलनलाई जारी राखिने जुलुशमा सहभागी विद्यार्थीले बताएका छन् । अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक तथा केन्द्रीय सचिवालय सदस्य विरेन्द बिकले नेपाली भूमि फिर्ताका लागि आन्दोलन जारी राख्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्