![अर्घाखाँची दुर्घटना अपडेट : ८ जनाको मृत्यु, १४ जना गम्भीर घाइते [तस्वीरसहित]](https://lktcdn2.prixacdn.net/media/arghakhachi4wm_O9QEKhz7OC.jpg)
अघाखाँचीको नरपानीमा बुधबार दिउँसो बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना गम्भीर घाइते भएका छन् ।
अर्घाखाँचीको सदरमुकाम सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु २ प २१४७ नम्बरको यात्रुवाहक बस सन्धीखर्क नगरपालिका ६ नरपानी भन्ने स्थानबाट ४ सय मिटर तल खसेको थियो ।
अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले ८ जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।
उनले भने, '१४ जना गम्भीर घाइते भएका छन्, उनीहरुलाई उपचारको लागि बुटवलतर्फ पठाइएको छ । मृतकको संख्या अझै बढन सक्छ ।'
दुर्घटनाको कारण अझै खुल्न सकेको छैन ।




