कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
मंसिर २७, २०७६
पूर्वअर्थमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले शुक्रबार कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूट लगायत बुटवलका विभिन्न निर्माणाधीन आयोजनाहरुको निरीक्षण गरेका छन् ।
स्थलगतरुपमै निरीक्षणका क्रममा उनले सम्बन्धित सरोकारवालालाई निर्माणाधीन आयोजना समयमै सक्न र कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूटको व्यवस्थापकीय क्षमता बढाएर अझै दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी अघि बढ्न आग्रह गरेका छन् ।
कोरियन नेपाल टेक्निकल इन्स्टिच्यूटको अवलोकनका क्रममा पुर्वअर्थमन्त्री पौडेलले प्राज्ञिक जनशक्ति उत्पादन गर्ने यो संस्थाको व्यवस्थापकीय क्षमता बढाउनु जरुरी रहेको भन्दै यसका लागि सिटिइभिटीको नेतृत्व र शिक्षामन्त्रीसँग बसेर गृहकार्य गर्न सुझाव दिए ।
त्यस्तै उनले बेलबास–बेथरी सडकका साथै बुटवलका निर्माणाधीन विभिन्न सडक आयोजनाहरुको पनि अवलोकन गरेका थिए । बेलबास–बेथरी सडक पर्यटकीय मार्गसमेत भएकाले निर्माणलाई गति प्रदान गर्न कुनै कसर बाँकी राख्न नहुने भन्दै उनले जनप्रतिनिधिलाई विशेष भूमिका खेल्न उनले आग्रह गरे ।
निर्माणमा आइपर्ने बाधा अवरोध हटाउन पनि जनप्रतिनिधिले समन्वयकारी भूमिका खेल्नुपर्ने भन्दै पौडेलले सडक आयोजना सम्पन्न गर्न बजेटको कमी हुन नदिने प्रतिवद्धता जनाए ।
रुपन्देही क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समेत रहेका पौडेलले सेमलार–मोतीपुर सडक पनि अवलोकन गरेका छन् । बुटवलका विभिन्न वडाका जनप्रतिनिधिसहित अवलोकनमा पुगेका पौडेलले सम्बन्धित निर्माण कम्पनीसँग आयोजना समयमै सक्नेगरी समन्वयात्मक भूमिका खेल्न आग्रह गरे ।
‘जनप्रतिनिधि विकासका संवाहक हुन्, आयोजनामा भैरहेको ढिलासुस्तीबारे आवाज उठाउने र अवरोध हटाउनेतर्फ जनप्रतिनिधिको ठूलो भूमिका हुन्छ,’ उनले भने, ‘यो क्षेत्रमा निर्माणाधीन आयोजना सम्पन्न गर्ने कुरामा ढिलासुस्ती हुनुहुँदैन ।’
पौडलले अन्य सडक आयोजनाहरुका साथमा तिनाउ नदीमा निर्माणाधीन विभिन्न पुलहरुको समेत अवलोकन गरेका थिए । उनले शुक्रबारै पिसपार्कको पनि अवलोकन गरे । त्यसक्रममा उनले बुटवलको पिसपार्क पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको भन्दै यसलाई अझ व्यवस्थित रुपले विकास गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी पौडेलले बुटवल मण्डपमा निर्माणको क्रममा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको पनि अवलोकन गरी आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् ।
उनले नहरपुर मावि बुटवलको स्वर्ण महोत्सव समारोहलाई पनि शुक्रबार संबोधन गरे । त्यसक्रममा उनले शैक्षिक जनशक्ति उत्पादनमा सामुदायिक विद्यालयहरुको महत्वपूर्ण योगदान रहने भन्दै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे ।
‘प्राविधिक र गुणस्तरीय शिक्षा मुलुकले खोजिरहेको छ, अव सामुदायिक विद्यालयहरु निजी विद्यालयहरुसँग प्रतिष्पर्धामा उत्रिनु जरुरी छ,’ उनले भने । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सरकारले गर्ने प्रयासका बारेमा आफूले पनि भूमिका खेल्ने उनले बताए ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...