×

NMB BANK
NIC ASIA

लोक सेवा पास गर्दापनि स्थानीय तहले दिएनन् नियुक्ति, मन्त्रालय धाउँदै नयाँ कर्मचारी

मंसिर ३०, २०७६

NTC
फाइल फोटो
Premier Steels

स्थानीय तहको दरबन्दीमा लोक सेवा आयोगको परीक्षा पास गरी नियुक्ति लिन पुगेका केही कर्मचारीलाई स्थानीय तहहरूले फर्काइदिएका छन् ।

Muktinath Bank

९ हजारभन्दा बढी कर्मचारीका लागि भएको परीक्षामा पास भएका करीब ४० जना कर्मचारीलाई सम्बन्धित स्थानीय तहले नियुक्ति नदिई फर्काइदिएको संघीय मामिला तथा समान्य प्रशासन मन्त्रलय स्रोतले जानकारी दियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी नियुक्ति नपाउनेमा अधिकृत स्तरका प्रशासन, लेखा र इञ्जिनीयरतर्फका कर्मचारी रहेका छन् ।


Advertisment
Nabil box
Kumari

भर्खरै नियुक्तिको प्रक्रिया सञ्चालन भएकाले फिर्ता भएर आउने कर्मचारीको संख्या बढ्न सक्ने मन्त्रालयको अनुमान छ ।

Vianet communication

यसरी कर्मचारीहरू फिर्ता भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले स्वीकारे ।

कर्मचारी समायोजनबाट पदपूर्ति भइसकेको भन्दै केही स्थानीय तहले कर्मचारीहरूलाई मन्त्रालयमा फिर्ता पठाएको प्रवक्ता बरालले लोकान्तरलाई जानकारी दिए ।

प्रवक्ता बरालका अनुसार कर्मचारी समायोजनबाट पदपूर्ति भइसकेका र पदरिक्त नभएकाले आवश्यक निर्देशन पाउँ भनी पत्रसहित कर्मचारीहरू मन्त्रालयमा आएका छन् । 

‘मन्त्रालयले विवरण संकलनको काम गरिरहेको छ, विवरण संकलन भइसकेपछि आवश्यक निर्णय गर्छौं । पद रिक्त भएको स्थानीय तहमा स्थानान्तरण गर्न सकिने विकल्प हुनसक्छ,’ प्रवक्ता बरालले लोकान्तरसँग भने ।

लोक सेवा आयोगले लिएको परीक्षामा एउटा स्थानीय तहको दरबन्दीमा उत्तीर्ण भएका कर्मचारीलाई अर्कोमा पठाउन कानूनी जटिलता छ ।

मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर मात्र यस्ता कर्मचारीलाई व्यवस्थापन गर्न सकिने मन्त्रालय स्रोत बताउँछ ।

लोक सेवा आयोगले स्थानीय तहका परीक्षा सञ्चालन गरी ९ हजार १ सय ६१ जना कर्मचारी छनोट गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x