×

NMB BANK
NIC ASIA

नयाँ राजनीतिक ध्रुवीकरणको संकेत

पुस ३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बस्दै आएको मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) र सरकारको नेतृत्वकर्ता दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ । नेकपा–राजपाबीच बुधवार भएको सहमतिले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत गरेको छ ।

Muktinath Bank

२ बुँदे सहमतिको एउटा बुँदामा राष्ट्रिय सभा निर्वाचनमा प्रदेश नम्बर २ का चारवटै सीटमा भागबण्डा गर्ने उल्लेख छ । अर्को बुँदा अलि अमूर्त छ– ‘राष्ट्रिय राजनीतिका समसामयिक विषयहरूमा नियमितरूपमा छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने ।’ राष्ट्रिय राजनीतिमा त अन्य राजनीतिक दलले पनि सहकार्य गरिरहेकै छन्, यसलाई सहमतिको बुँदामा उल्लेख गरिनुले पनि नयाँ धु्रवीकरणको संकेत गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रियस्वरूप ग्रहण गर्दै गरेको मूलतः मधेशकेन्द्रित समाजवादी पार्टी अहिले सरकारमा सहभागी छ । सत्ता साझेदार दलसँग सहमति नगरी संविधान संशोधनको मुद्दालाई लिएर पटक–पटक संसद् अवरुद्ध गरेको प्रतिपक्षी दलसँग सहकार्यको सहमतिले राष्ट्रिय राजनीतिमा आगामी दिनमा केही प्रभाव पर्ने ठानिएको छ ।


Advertisment
Nabil box
Kumari

बुधवारको सहमतिसँगै सरकारमा रहिरहेको समाजवादी पार्टीमाथि नैतिक संकट थपिएको छ ।

Vianet communication
Laxmi Bank

कतिपयले पछिल्लो सहमतिपछि राजपा सरकारमा सहभागी हुनसक्ने संकेत गरेका छन् । नेकपा–राजपा सहमतिको 'साइड इफेक्ट' प्रदेश नम्बर २ को सरकारमा पनि पर्न सक्छ । 

अहिले प्रदेश २ मा राजपाको सहभागिता र समर्थनमा समाजवादी पार्टीका मुख्यमन्त्री छन् । प्रदेश नम्बर २ को सरकार र केन्द्र सरकारबीच बेलाबखत विवाद उत्पन्न हुने गरेका छन् ।

प्रदेश सरकारले क्षेत्राधिकारको विषयलाई लिएर केन्द्र सरकारविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेको छ ।

संघीयता कार्यान्वयनको चरणमै रहेको समयमा केन्द्र सरकारसँग खटपट गरिरहेको विषय नेकपाको नेतृत्व र सिंहदरबारले मन पराएको छैन । 

मुख्यमन्त्री लालबावु राउतले केन्द्र सरकारविरुद्ध बेलाबखत आगो ओकल्ने गरेका छन् ।

बुधवारको सहमतिपछि प्रदेश २ मा भविष्यमा राजपा र नेकपाको सरकार बन्ने सम्भावनालाई समेत नकार्न सकिँदैन । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

कात्तिक १९, २०८०

जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पले कर्णाली प्रदेशका जिल्लामा धनजनको ठूलो क्षति पुर्‍यायो । आइतवार बिहानसम्म १ सय ५७ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । सयौंको संख्याम...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

माघ १, २०८०

काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x