
ललितपुरको जाउलाखेलस्थित डीएभी शुशील केडिया विश्व भारती माध्यमिक विद्यालयको २७ औं वार्षिकोत्सव बुधवार सम्पन्न भएको छ ।
कार्यक्रम विद्यालयको बुद्ध प्रेक्षालयमा सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अथितिको आथित्यता ग्रहण गर्दै नेपालस्थित भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन डा. अजय कुमार उपस्थिति थिए ।
नेपालका शिक्षा क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको समेत समारोहमा उपस्थित रहेको थियो ।
समारोहमा विद्यालयका कक्षा नर्सरीदेखि १२ सम्मका विभिन्न विधाका उत्कृष्ट विद्यार्थीलाई वार्षिक पुरस्कारमार्फत सम्मान गरिएको छ । विश्व साहित्य, संस्कृति, भाषा र कला क्षेत्रमा संग्लग्न रहेका मिडियाकर्मीको लागि प्रदर्शनमा रहने विश्व साहित्यमा लिखित तर लोपोन्मुख अवस्थामा रहेका सांस्कृतिक धरोहर र सम्पदाहरू सम्मिलित सांगीतिक नाट्य यात्रा जीवनको विलक्षण अनुभव गरिएको थियो ।
सांस्कृतिक कार्यक्रमका वर्षभरकै छानिएका र तिखारिएका सर्वोत्कृष्ट विद्यार्थीको प्रदर्शन रहेको थियो ।