×

NMB BANK
NIC ASIA

नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले मन्त्री भएलगत्तै १ महिना आफूलाई मन्त्रालय बुझ्नुपर्ने भएकाले समय दिन सञ्चारकर्मीलाई आग्रह गरेका थिए ।

Muktinath Bank

नेपालका कतिपय कम्युनिस्ट कार्यकर्तालाई मार्क्सवाद पढाउने ‘गुरु’ समेत रहेका भुसालले कृषि तथा पशुपन्छी विकास जस्तो प्राविधिक मन्त्रालय कसरी सम्हाल्लान् भन्ने जिज्ञासा चासोको विषय बनेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘म लोभ र डरमा काम गर्दिनँ,’ मंसिर ५ गते पदभार ग्रहण गर्दै भुसालले भनेका थिए, ‘मलाई सिक्ने समय चाहिन्छ, सिक्दै–बुझ्दै काम गर्छु । कृषि क्षेत्रमा आधुनिकीकरणको प्रयास गर्छु ।’ 


Advertisment
Nabil box
Kumari

भुसालले मन्त्रालयको पदभार सम्हालेको १ महिनाभन्दा बढी भइसकेको छ । यसअघि सरकारको जमेर आलोचना गर्ने भुसाल मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकमा नरम देखिएका थिए । 

Vianet communication

उनी मन्त्रालयमा पनि हत्तपत्त कसैसँग बोल्दैनन् । मन्त्रालयका दैनिक कामहरू गर्दा कर्मचारी र आफू निकटका व्यक्तिहरूसँग बढी नै परामर्श लिइरहेका हुन्छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटिएका मन्त्री भुसाललाई ‘मन्त्री भएपछि पार्टीको बैठकमा सरकारको निकै कम आलोचना गर्नुभयो नि मन्त्रीज्यू !’ भन्ने प्रश्नमा उनले भने, ‘यस्तै हो, तपाईंहरूले बुझ्नुभएकै छ नि !’

मन्त्री भुसालले मन्त्रालय सम्हालेदेखि अलि बढी नै समय अध्ययन र परामर्शमा बिताउने गरेको मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले बताए । ‘उहाँले बढी समय अध्ययन र परामर्शमै बिताउनुभएको छ,’ लोकान्तरसँग कुरा गर्दै डा. केसीले भने, ‘बढीभन्दा बढी सिक्ने र आफूले सिकेको कुरा सोचेर मात्रै लागू गर्ने उहाँको स्वभाव देखिन्छ ।’ 

मन्त्री भएपछि भुसालले प्रदेशका मन्त्रीसँग अन्तर्क्रिया गरिसके । अहिले प्रदेशका सचिवसँग अन्तर्क्रिया चलिरहेको डा. केसी बताउँछन् । 

‘सूचना आदान–प्रदान, समन्वय र कार्यक्रमको विषयमा छलफल भएको मैले बुझेको छु,’ प्रवक्ता केसीले भने, ‘उहाँले प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको सघन अनुगमन गर्न मन्त्री भुसालले लगाउनुभएको थियो र अहिले सो अनुगमनको प्रतिवेदन आउने क्रम जारी रहेको छ ।’

मन्त्री भुसालले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम कसरी अगाडि बढाउने र अहिलेको मोडालिटी उपयुक्त छ कि छैन भन्ने कुरामा विशेष चासो दिने गरेका छन् । अनुगमनको क्रममा मन्त्री भुसालले किसान र कर्मचारीसँग बढी नै छलफल गर्न रुचाउने गरेका छन् । 

‘अहिलेसम्म भएका छलफल, अन्तर्क्रियाका सम्बन्धमा प्रतिवेदन आउन बाँकी रहेको छ,’ प्रवक्ता डा. केसीले भने, ‘प्रतिवेदनका आधारमा अघि बढ्ने मनसाय उहाँले राख्नुभएको छ ।’

मन्त्री भुसालले मन्त्रालय मातहतका विभाग, परिषद्, आयोजना प्रमुख, कर्मचारी, प्राविधिक र सरोकारवाला पक्षसँग छलफल र परामर्शमा १ महिना खर्च गरे ।

मन्त्री भुसाल नियुक्त भएपछि मन्त्रालयले चौमासिक अवधिको कार्यक्रम समीक्षा गर्‍यो । मन्त्रीले समीक्षा कार्यक्रममा पूरै समय सुन्ने बुझ्ने कोसिस गरेको उनी निकटले बताउँछन् ।

मन्त्रालयमा भेटिने अधिकांश कर्मचारीले मन्त्रीको स्वभाव लामो अध्ययन गर्ने र निकै पछि मात्र निष्कर्षमा पुग्ने रहेको बताउँछन् । ‘उहाँले अध्ययन गर्दै हुनुहुन्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा,’ मन्त्रालयमा भेटिएका एक कर्मचारीले लोकान्तरसँग भने, ‘एक–डेढ महिनामा केही नयाँ कार्यक्रम ल्याउनुहुन्छ होला ।’

‘नयाँ मन्त्री नियुक्त भएपछिको १ महिनामा नीतिगत रुपमा नयाँ केही भएको छैन, उहाँ अलिक अरूभन्दा फरक पृष्ठभूमि भएको हिसाबले केही फरक ढंगले सोचिरहनुभएको छ जस्तो लाग्छ,’ मन्त्री भुसालको निजी सचिव गंगा आचार्यले लोकान्तरलाई भने ।

बजेट कार्यान्वयन प्रक्रियामा गइसकेकाले नयाँ कार्यक्रम ल्याउनेभन्दा पनि चलिरहेको कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने भुसालको प्राथमिकता छ ।

मन्त्री भुसालले मन्त्री भएपछिको १ महिना मिडियालाई समय दिन चाहेका थिएनन् तर उनले दिएको समयसीमाको बाँध फुट्न लागेको छ । आशा गरिएका मन्त्री सधैं चुपचाप बसिरहँदा सर्वसाधारणमा निराशा देखिन सक्ने चर्चा समेत मन्त्रालयमा हुने गरेको छ ।

‘उहाँले आफूले गर्ने कामको ठोस र मूर्त खाका तयार पारेपछि आफैं पत्रकारहरूलाई बोलाउनुहुन्छ,’ मन्त्रीको निजी सचिवालयका एक कर्मचारीले भने, ‘अहिले अन्तर्वार्ता लगायतका कार्यक्रममा समय खर्च नगर्ने भन्नुभएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x