०१ साउन २०८३, शुक्रबार

सामसङले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिभल’को उपाधि घोषणा

सामसङले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिभल’को उपाधि घोषणा

सामसङ नेपालले सञ्चालन गरेको ‘ब्ल्याक पिंक डान्स फेस्टिवल २०१९’को उपाधि ‘सेलेस्टियल’ टीमले हात पारेको छ ।

उत्कृष्ट १० प्रतिस्पर्धी समूहलाई पछि पार्दै सेलेस्टियलले ‘ब्ल्याक पिंक डान्स फेस्टिभलको उपाधि रच्न सफल भएको हो । 

प्रतियोगितामा सहभागिता जनाएका झण्डै २०० प्रतिष्पर्धीलाई उछिन्दै अन्तिम प्रतिष्पर्धाकालागिलागि छानिएका १० प्रतियोगी समूह मध्येबाट सेलेस्टियल टीम आफूलाई अब्बल सावित गर्न सफल भयो ।

काठमाडौंको ‘सिल्भर ओक ब्याङ्क्युट एण्ड इभेन्टस् सेन्टर गैरीधारामा शनिवार भएको कोरियन म्युजिक डान्समा सहभागिता जनाएका समूहले विभिन्न के पप सङमा आफ्नो डान्स प्रस्तुत गरेका थिए । त्यसरी आफ्नो डान्स प्रस्तुत गर्नेहरू मध्येबाट प्रतिस्पर्धाका लागि निर्धारित ३ जनाको जुरी समूहले विजेता घोषणा गरेको हो ।

प्रतियोगितामा ३एपीएम समूह दोस्रो हुन सफल भएको छ भने क्रिडो–इन् क्रू समूह दोस्रो हुन सफल भएको छ । विजेतामध्ये प्रथम हुने टीमले ४ सेट सामसङ ए८० फोन, द्वितीय हुनेले सामसङ ए५०एस र तृतीय हुनेले सामसङ ए३०एस फोन सेट प्राप्त गरेका छन् ।

प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि गत मंगलवार अन्तिम १० प्रतियोगी छनौट भएका थिए । ती प्रतियोगी टीम क्रमशः एच२बी (हर्ट टु बीट), सेलेस्टियल, ड्रिमिङ एन पे पप, क्रिडो–इन् क्रू, दीपिका तामाङ, समिर खत्री, स्काई लिटिल विङ, टी–गेन्स, ३एपीएम र लागोम एक्स हुन् । उनीहरूलाई शुरूमा कुनै पनि के पप सङमा १ मिनेटको नाच रेकर्ड गरी सामसङ नेपालको आधिकारिक वेबसाइटमा त्यो भिडियो उपलब्ध गराउनुपर्ने प्रावधान तय गरिएको थियो । 

प्रतियोगितामा सहभागी हुनका लागि कम्पनीले डिसेम्बर महिनाको २० तारिकसम्मको समय उपलब्ध गराएको थियो । छनौटमा परेका १० प्रतिस्पर्धीले सामसङ नेपालका तर्फबाट ५/५ हजारभन्दा बढीको गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।

शनिवारको फाइनल राउन्डमा ४ सयभन्दा बढी दर्शकबीच कोरियन संस्कृतिले भरिपूर्ण डान्स गर्ने अवसर पनि प्राप्त गरे । त्यसक्रममा कोरियन संस्कृति झल्काउने किसिमले सहभागी दर्शकले समेत विभिन्न खालका गिफ्ट समेत प्राप्त गरे । ब्ल्याक पिंक कभर डान्स कन्टेक्स्ट नामको सांगितिक कार्यक्रम कोरियन संस्कृति र संगीतले भरिपूर्ण रह्यो । 

के पप कोरियाली पप अर्थात् दक्षिण कोरियामा शुरू भएको लोकप्रिय संगीतको विधा हो । यो विधा सन् १९९० पछि शुरू भएको पाइन्छ । हाल कोरियामा मात्र नभई विश्वका धेरै मुलुकमा के पप प्रसिद्ध छ । के पपको आधुनिक रुप सन् १९९२ पछि भएको मानिन्छ ।

जसले पूर्वी एसिया र दक्षिण पूर्व मात्र नभई पाकिस्तान, बंगलादेश, भारत, ल्याटिन अमेरिका, उत्तर अफ्रिका, दक्षिण अफ्रिका, मध्य पूर्व र पश्चिम विश्वभर व्यापक दर्शक प्राप्त गर्न सकेको छ । 

नेपालमा रहेका कोरियन संस्कृति र संगीत पारखीका लागि यो एउटा खुशीको अवसर पनि हो । आफूलाई के पपको सांगीतिक आकर्षणमा उभ्याइसकेका र त्यसको प्रयासमा रहेका युवा–युवायुवतीका लागि सामसङले ल्याएको ‘ब्ल्याक पिंक डान्स फेस्टिभल’ले त्यो अवसर जुटाइदिएको हो ।   

दक्षिण कोरियामा शुरू भएको लोकप्रिय संगीत विधा के–पप (कोरियाली पप) ले नेपालमा समेत बजार ओगटिसकेको छ । यस्तो अवस्थामा ‘ब्ल्याक पिंक डान्स फेस्टिभल’ नेपालमा ल्याइनुले कोरियन संस्कृतिबाट भरिपूर्ण डान्स प्रतिआकर्षण भएका युवायुवतीका लागि एउटा महत्त्वपूर्ण प्लेटफर्म बन्यो । 

salt training

कमेन्ट गर्नुहोस्