काभ्रे, २९ चैत– काभ्रेमा हाइटेन्सन लाइन नजिक ट्रिपरबाट बालुवा खसाल्ने क्रममा एक्कासि करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ ।
मंगलबार साँझ काभ्रेको बुढोल भन्ने स्थानमा बा४ ख ७९०६ नम्बरको ट्रिपरबाट बालुवा खसाल्ने क्रममा एक्कासि नजिकै रहेको हाइटेन्सन लाइन छुइन पुग्दा काठमाडौं टेकुका हरिबहादुर कुसुलेलाई करेन्ट लाग्न पुगेको थियो । ट्रिपरका सहचालक कुसुलेको घटनास्थलमै मृत्यु भएको स्थानीयबासी भेषराज शाहले बताए ।