
संसारको सबभन्दा शक्तिशालीमध्येको एक देश रुसको पहिचान संसारमा बेग्लै किसिमको छ । क्षेत्रफलको हिसाबमा संसारको सबभन्दा ठूलो देश प्रविधिमा निकै अघि छ । यहाँ हामी रुसका केही रमाइला जानकारीहरू दिँदैछौं ।
रुस यति विशाल छ कि त्यहाँ कुल ११ टाइमजोन छन् ।
प्राकृतिक स्रोतसाधनहरूले भरिएको रुसमा तेलको पाइपलाइन यति धेरै फैलिएको छ कि त्यसले संसारलाई ६ चोटि बेर्न मिल्छ ।
संसारमा प्राकृतिक ग्यासको सबभन्दा ठूलो भण्डार रुसमा नै छ । रुस नै प्राकृतिक ग्यासको सबभन्दा ठूलो निर्यातक हो ।
संसारको कुल सुनको लगभग ४० प्रतिशत स्रोत रुससँग छ । कुल एलुमिनियमको ११ प्रतिशत त रुसको रसल कम्पनीले नै गर्छ ।
ट्रान्सफर्मर, टेप रेकर्डर, हेलीकप्टर, सिन्थेटिक रबर, वेल्डिङ, रेडिएटर, टेलिग्राफ अनि पाउडर मिल्क जस्ता ठूला आविष्कार रुसकै देन हुन् ।
संसारको सबभन्दा ठूलो बम जार बम्बा रुससँग छ । हिरोशिमा नागासाकीमा फालिएको परमाणु बमभन्दा १४ सय गुणा शक्तिशाली छ यो ।
रुससँग संसारमै सबभन्दा धेरै आणविक हतियार छ । त्यसको संख्या ८५ सय छ । संसारमा हतियार निर्यात गर्ने दोस्रो ठूलो देश रुस नै हो ।
रुसमा साक्षरता प्रतिशत लगभग ९९.७ प्रतिशत छ ।
रुसमा रक्सीको खपत धेरै हुन्छ । औसतमा एक रुसी व्यक्तिले लगभग १८ लिटर रक्सी सेवन गर्छ ।
रुसको क्षेत्रफल प्लेटो ग्रहभन्दा ठूलो छ ।
अन्तरिक्षमा उपग्रह पठाउने पहिलो देश रुस हो ।
रुसमा फोहोरी कार चलाउन कानूनी प्रतिबन्ध छ ।
रुसको बैकाल तालमा संसारको २० प्रतिशत शुद्ध पानी छ ।
एजेन्सी