सन्तोष कालिकोटेको 'नरोक मलाई' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
कालिकोटेकै लय तथा शब्द रहेको गीतमा श्रृष्टि खड्का र अभि सुनारको अभिनय रहेको छ ।
गीतलाई गोपाल रसाइलीले एरेन्ज गरेका हुन् ।
निशा पौडैलले खिचेको भिडियोलाई निर्मल पौडेलले निर्देशन गरेका हुन् ।
यसअघि निर्मलले 'बालखैमा दिल बस्यो' बोलको चर्चित गीतको म्युजिक भिडियो निर्देशन गरेका थिए ।
उक्त गीत एक करोड २० लाखभन्दा बढी पटक हेरिएको छ ।
भिडियो हेर्नुहोस् :