३१ असार २०८३, बुधबार

नयाँ वर्षको अवसरमा पन्थीको दमदार प्रस्तुती, ... माया गाँसेको (भिडियो सहित)

कात्तिक २०, २०७४
नयाँ वर्षको अवसरमा पन्थीको दमदार प्रस्तुती, ... माया गाँसेको (भिडियो सहित)
काठमाडौं, चैत ३१ — चर्चित गितकार एबं गायक बावुराम पन्थी फेरी एउटा दमदार प्रस्तुती लिएर बजारमा आएका छन् । झण्डै तीन सय गितहरुमा लय शब्द स्वर दिएर निकै चर्चामा रहेका गितकार पन्थी पछिल्ला केहि वर्ष साँगितिक ओझेलमा थिए ।

‘पिपल छायाँमा फेरि मन फर्कियो भुपु मायाँमा’ भन्ने गितबाट सांगितिक यात्रामा भिड्दै आएका पन्थी हाल धेरै नयाँ लोक तथा दोहोरी, सालैजो गितहरुमा स्वर दिएर पुन चर्चामा रहेका छन् ।

धेरै वर्ष पहिले ‘बटौलीमा मायाँलाई वसाली बास पाल्पा हुँदै लैजाने हो तम्घासमा’ भन्ने बोलको गितले उनि निकै चर्चामा आएका थिए । त्यस लगत्तै उनि केहि वर्ष साँगितिक ओझेलमा थिए फाट्ट फुट्ट केहि गितहरु बजारमा ल्याएर कमै गितहरु बजारमा आएका थिए । पछिल्लो केहि समय यता उनका लगातार गितहरु बजारमा आएका छन् ।

गुल्मी जिल्लाको पर्यटकिय धार्मिक स्थलहरु गित बजारमा ल्याए सगै उनि पुन साँगितिक क्षेत्रमा सक्रिय छन् । प्राय जसो माया प्रेममा आधारित गितहरु सृजना गर्ने पन्थी पछिल्लो समय गित सृजना र गायन क्षेत्रमा संग सगै ल्याएका छन् । धेरै गितहरु सृजना गरेर केहि बिश्राम लिए पनि दर्सक श्रोताको रोजाई र खोजाई पुन साँगित क्षेत्रमा फर्किन बाध्य भएको पन्थी भनाई छ ।

पन्थीले भने ‘साँगितिक नसाले गितहरु मनमा च्यापेर राख्न सकिदो रैन्छ, त्यसैले पनि साँगितिक क्षेत्रमा ओझेल पर्न सक्दीन’ । ‘अब धेरै गितहरु सृजना गरेको छु ति बिस्तारै बजारमा आउँदै छन् पन्थीले भने लोक दोहोरी गितहरु सगै केहि मौलिक संस्कृति झल्कने गितहरु पनि बजारमा आउने बताए’ । लोक गितका अलवा आधुनिक गितहरु, सालैजो, भजन सगै केहि देस भक्ति गितहरु पनि सृजना गरेको पन्थीले बताए ।

गायक पन्थीको हालै नयाँ वर्षको अबसर पारेर सालैजो गित बजारमा आएको छ । गायक बावुराम पन्थी र दिल्सरा काउछाको सुमधुर स्वर रहेको ‘धौलागीरी हिमाल हाँसेको’ सालैजो गित बजार आएको हो । प्रल्हाद सेवेदीको शब्द र गायिका दिल्सराको लय रहेको छ । शिब दर्सन प्रालिले बजार व्यवस्थापन गरेको छ । मौलिक सँस्कृति झल्कने सालैजो मगर समुदायले पश्चिम क्षेत्रमा परिचित गित रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्