×

NIC ASIA

प्रदेश ५ को हिउँदे अधिवेशन : स्थायी राजधानी र नाम टुंगो लगाउन चौतर्फी दबाब

माघ ५, २०७६

Prabhu Bank
NTC
Premier Steels

प्रदेश नम्बर ५ को हिउँदे अधिवेशन आजबाट शुरू हुुँदैछ । चार महिनापछि शुरू हुन लागेको अधिवेशनमा प्रदेशको स्थायी राजधानी र नामकरण टुंगो लगाउनुपर्ने दबाब छ ।

Muktinath Bank

प्रदेशको स्थायी राजधानी र नामकरणका लागि गठित विशेष समितिले आफ्नो प्रतिवेदनमा प्रदेश सभामा बुुझाइसकेको छ । हालसालै प्रदेश ३ ले राजधानी र नाम टुुंगो लगाएसँगै प्रदेश ५ माथि पनि दबाब थपिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को २ तिहाई बहुमत भएपनि प्रदेश सभा बैठक शुरू भएको दुुई वर्ष पुुगिसक्दा समेत नाम र राजधानी तोक्न चासो नदिएको भन्दै मुख्यमन्त्री शंकर पोेखरेलको चौतर्फी आलोचना समेत भएको छ । 


Advertisment
Nabil box
Kumari

सरकारका प्रवक्ता एवं भौतिक पूूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरी यही अधिवेशनमा प्रदेशले स्थायी राजधानी र नाम पाउने दाबी गर्छन । 

Vianet communication

‘हामीले प्रदेश नम्बर ३ को नजिर हेरौं भनेका थियौं,’ प्रवक्ता चौधरीले भने, ‘प्रदेशको अस्थायीलाई नै स्थायी बनायो । अब हामीले पनि यही अधिवेशनमा राजधानी र नामकरणको काम सक्छौं ।’ 

‘अन्य प्रदेशहरूमा जस्तै हाम्रो प्रदेशमा पनि अस्थायी राजधानी नै स्थायी बन्छ, यो तलमाथि हुँदैन,’ मन्त्री चौधरीले दाबी गरे ।

संविधानको धारा २८८ मा भएको व्यवस्थाअनुसार प्रदेशको नाम र स्थायी राजधानी प्रदेश सभाको दुईतिहाइ मतले टुंगो लगाउने व्यवस्था छ । तर, स्थायी राजधानीबारे केन्द्रबाटै पार्टीले निर्णय गर्दा अन्य प्रदेशका सांसदहरूले आफूहरू ‘निरीह’ भएका भन्दै जनतासमक्ष माफी समेत मागे । प्रदेश ५ मा पनि त्यो अवस्थामा आउने देखिन्छ ।

नेकपा प्रदेश ५ प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकाल अधिवेशनले राजधानी र प्रदेशको नाम तय गर्ने दाबी गछ्न् । ‘विशेष समितिले प्रतिवेदन पनि बुझाएको छ,’ ढकालले लोकान्तरसँग भने, ‘सोही अधिवेशनबाट प्रतिवेदन अनुरूप नै स्थायी केन्द्र तोकिने छ ।’

विशेष समितिले १२ जिल्लामा पुगेर स्थानीय तह, राजनीतिक दल, संघ–संस्था, बुद्धिजीवी र नागरिकबाट संकलन गरेको निष्कर्षका आधारमा छलफल गरेर टुंगो लगाइने उनले बताए । 

समिति भारतको हरियाणा पनि पुगेर त्यहाँ राजधानी तय कसरी भएको थियो भन्ने अध्ययन समेत गरेर आएको छ । भारतमा गएर आएपछि विशेष समितिले बुटवलपश्चिम (सैनामैना), कविलवस्तुको (बुद्धभूमि) र दाङको लमही क्षेत्रलाई राजधानी बनाउने सकिने अधुरो प्रतिवेदन प्रदेश सभामा बुझाएको छ । 

सुझाव संकलन समितिकी सदस्य तथा कांग्रेस सचेतक निर्मला क्षेत्रीले प्रतिवेदन बुझाइसकेको अवस्थमा छिट्टै राजधानी र नामको टुंगो लाग्ने बताइन् । यहाँका १२ जिल्लाबाहेक छिमेकी राष्ट्र भारतको हरियाणा प्रदेशको समेत अध्ययन भ्रमण गरेर समितिले प्रतिवेदन तयार गरेको उनले बताइन् ।

‘स्थायी संरचना भत्काउने गरी राजधानी तोकिँदैन,’ उनले भनिन्, ‘प्रदेशका लागि आवश्यक संरचना निर्माण भइसकेको स्थान नबिग्रने गरी राजधानी तोक्न मेरो सुझाव छ ।’ 

राजधानी तोक्ने विषय दलभन्दा माथिको भएकाले सोहीअनुरूप समितिका सदस्यले तथ्यांक संकलन गरी प्रतिवेदन बुझाएको उनले जानकारी दिइन् ।

संघीय समाजवादी फोरमका सांसद सन्तोष पाण्डेय पनि अब राजधानी र नामकरणको विषय लम्ब्याउन उपयुक्त नहुने बताउँछन् ।

८७ सांसद रहेको प्रदेश पाँचमा नेकपाका मात्रै ६१ सांसद छन् । नेकपाका अलावा कांग्रेसका १९, फोरमका ५, राष्ट्रिय जनमोर्चा र राजपाका १/१ जना सांसद छन् ।

स्पष्ट दुईतिहाइ भएपनि सत्तारुढ दल नेकपा केन्द्रीय तहमा प्रभाव पार्ने यस क्षेत्रका ठूला नेतादेखि प्रदेश सांसदहरू क्षेत्रगतरूपमा विभाजित छन् ।

उनीहरू जनतालाई सहमतिमा ल्याउन भूमिका खेल्नुको साटो राजधानीलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर लबिङमा लागेकै कारण यो विषय झन् पेचिलो बनेको छ ।

प्रदेशको नामकरणको विषयमा भने नेताहरू लगभग सहमत जस्तै छन् । लुम्बिनी वा बुद्धभूमि प्रदेश नाम राख्नेमा विवाद नरहेको नेताहरूका भनाइ छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x