३० असार २०८३, मंगलबार

ट्विटरले ल्यायो नयाँ फीचर, डीएममा अब इमोजी रियाक्ट गर्न मिल्ने

माघ १०, २०७६
ट्विटरले ल्यायो नयाँ फीचर, डीएममा अब इमोजी रियाक्ट गर्न मिल्ने

सामाजिक सञ्जाल साइट ट्विटरले डाइरेक्ट मेसेज (डीएम) पठाउँदा सातवटा इमोजी रियाक्सनको फीचर ल्याएको छ । 

फेसबूकले पब्लिक पोस्टमा इमोजी रियाक्सन सन् २०१६ मा पहिलोपटक ल्याएको थियो तर ट्विटरले पब्लिक ट्वीटमा नभई डीएममा मात्र यो सुविधा उपलब्ध गराएको हो । 

सातवटा इमोजी अप्सनलाई इमेजमा वा टेक्स्ट मेसेजमा अट्याच गर्न मिल्छ । त्यसमा लाफिङ आउट लाउड, शक, क्राइङ, हार्ट, फायर, थम्ब्स अप र थम्ब्स डाउन छन् । 

डीएममा मात्र नभई सबैतिर यी नयाँ रियाक्सनहरू ल्याउने नल्याउने भनी ट्विटरले बताएको छैन । 

ट्विटर प्रयोगकर्ताहरूले यस नयाँ फीचरका बारेमा प्रतिक्रिया जनाउँदै यसभन्दा अन्य फीचरहरू महत्त्वपूर्ण भएको र तिनलाई ल्याउन आग्रह गरे ।

धेरैजसोले ट्वीट एडिट गर्न मिल्ने फीचर ल्याउन आग्रह गरेका छन् । फेसबूकमा पोस्ट र कमेन्ट एडिट गर्ने सुविधा भएजस्तै ट्विटरमा पनि हुनुपर्ने उनीहरूको माग छ ।
 

salt training

कमेन्ट गर्नुहोस्