
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताएका छन्।
देउराली-जनता फर्मास्युटिकल्स प्रालिको २९औँ वार्षिकोत्सव समारोहका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले आवश्यकतामा आधारित उद्योगलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्।
‘देशलाई समृद्ध र जनतालाई सुखी बनाउन सरकारले उद्योग स्थापनामा जोड दिएको छ,’ उनले भने।
सबै प्रदेशमा औद्योगिक क्षेत्र स्थापनामा सरकार लागेको उनको भनाइ थियो । उपप्रधानमन्त्री पोखरेलले देउराली–जनता फर्मास्यूटिकल्स गौरव गर्न लायक उद्योगका रुपमा विकास हुँदै गएको बताउँदै थप गुणस्तरीय वस्तु उत्पादन गर्न सुझावसमेत दिए।