
फिफा विश्वकपमा ब्राजिललाई ठूलो धक्का लागेको छ। दायाँ पिँडुलाको चोटका कारण स्टार फुटबलर नेयमारले प्रतियोगिताको दोस्रो खेल पनि गुमाउने भएका हुन् ।
ब्राजिलियन फुटबल कन्फेडेरेसनले नेयमार हाइटी विरुद्धको खेलको लागि फिलाडेल्फिया नजाने जनाएको छ । ३४ वर्षीय नेयमारले न्यु जर्सीमा आफ्नो स्वास्थ्यलाभ प्रक्रिया जारी राख्नेछन्।
उनी सकेसम्म चाँडो मैदानमा फर्कने आशा कन्फेडेरेसनले गरेको छ । नेयमारले अहिलेसम्म पूर्ण टोलीसँग प्रशिक्षण सत्रहरूमा भाग लिएका छैनन् ।
मे १७ मा सान्तोसको लागि खेल्दा ब्राजिलियन स्टार नेयमारको दाहिने पिँडुलामा चोट लागेको थियो । चोटको प्रगति मूल्याङ्कन गर्न सोमबार मेडिकल परीक्षण गरिएको थियो ।
ब्राजिलले आफ्नो विश्वकप अभियान मोरक्को विरुद्ध १-१ को बराबरी खेलेर शुरू गरेको थियो, जहाँ नेयमार उपलब्ध थिएनन् । टोलीले अब हाइटीविरुद्ध आफ्नो दोस्रो समूह सी खेल खेल्नेछ ।