२२ असार २०८३, सोमबार

रास्वपा महाधिवेशनमा मतदान नगरी काठमाडौं फर्किए प्रधानमन्त्री बालेन

असार १०, २०८३
काठमाडौं
रास्वपा महाधिवेशनमा मतदान नगरी काठमाडौं फर्किए प्रधानमन्त्री बालेन
फाइल तस्वीर

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाह पार्टीको महाधिवेशन नसकिँदै काठमाडौं फर्किएका छन् ।

पार्टी सभापतिमा रवि लामिछानेको नाम प्रस्ताव गरेर निर्विरोध हुन सहयोग गरेका बालेन अन्य पदाधिकारी र केन्द्रीय सदस्यका लागि भोट नहाली काठमाडौं फर्किएका हुन् ।

उनी भरतपुरबाट विमानमर्फत काठमाडौं फर्किएको सुरक्षा स्रोतले लोकान्तरलाई जानकारी दियो ।

पार्टीको महाधिवेशन उद्घाटनका लागि असार ७ गते चितवन पुगेका रवि त्यसयता उतै थिए ।

रास्वपा महाधिवेशनमा बुधबार विद्युतीय मशिनबाट मतदान हुँदैछ । मतदानका लागि ८० वटा मशिन प्रयोग गरिँदैछ ।

salt training

कमेन्ट गर्नुहोस्