
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि बुधवार राति साढे १० बजेदेखि मतदान हुने भएको छ । चितवनमा जारी पहिलो महाधिवेशनबाट नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले विद्युतीय मशिन मार्फत मतदान शुरू गर्न लागिएको जानकारी दिए । सभापतिमा रवि लामिछाने निर्विरोध भइसकेका छन् ।
असार ७ गते शुरू महाधिवेशनमा प्रतिनिधि विवाद, प्राविधिक तयारीका कारण भन्दै मतदान लम्बिएको थियो । केन्द्रीय सदस्यको मतदान सकिएपछि पदाधिकारीको निर्वाचन हुनेछ ।
मतदानको समय तोकिएपछि प्रतिनिधिहरु लाइन बस्ने तरखर गरेका छन् ।
मतदान प्रक्रिया ढिलो भएकोमा महाधिवेशन प्रतिनिधिहरूले आक्रोश पोखेका थिए ।