
संसद्को पहिलो दल रास्वपाका सांसदहरू महाधिवेशनमा गएपछि प्रतिनिधि सभाको बैठक फेरि सरेको छ ।
संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रवार सूचना प्रकाशित गरी विशेष कारणबस बैठक भोलिसम्मको लागि सारिएको जानकारी गराएका हुन् ।
हिजो बिहीवारका लागि तोकिएको बैठक सूचना टाँसेर आज शुक्रवार दिउँसोसम्म सारिएको थियो ।
तर, रास्वपा महाधिवेशन आज पनि नसकिएपछि संसद बैठक शनिवार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
असार ५ गते बसेको बैठक ११ गतेसम्मको लागि स्थगित गरिएको थियो ।
