०१ साउन २०८३, शुक्रबार

जापानले हान्यो गोल, ब्राजिल १–० ले पछाडि

असार १५, २०८३
काठमाडौं
जापानले हान्यो गोल, ब्राजिल १–० ले पछाडि

फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गतको  खेलमा जापानले पूर्व विश्व विजेता ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता लिएको छ।
ह्युस्टन स्टेडियममा भइरहेको खेलको २९औं मिनेटमा काइशु सानोले उत्कृष्ट गोल गर्दै जापानलाई अग्रता दिलाएका हुन्।

ब्राजिलको कमजोर पासलाई नियन्त्रणमा लिँदै सानोले मिडफिल्डर क्यासेमिरोलाई आफ्नो गतिले माथ दिए र पेनाल्टी बक्स नजिकैबाट प्रहार गरेको बल ब्राजिलियन गोलकिपर एलिसन बेकरलाई छक्याउँदै पोस्टको तल्लो कुनामा छिरेको थियो।

salt training

कमेन्ट गर्नुहोस्