
फिफा विश्वकप २०२६ को 'राउन्ड अफ ३२' अन्तर्गत ह्युस्टन स्टेडियममा भइरहेको प्रतिस्पर्धात्मक खेलमा ब्राजिलले जापानविरुद्ध पुनरागमन गरेको छ। पहिलो हाफमा १–० ले पछि परेको ब्राजिलले दोस्रो हाफको सुरुवातमै गोल फर्काएपछि खेल १–१ को बराबरीमा पुगेको हो।
खेलको ५६औं मिनेटमा अनुभवी मिडफिल्डर क्यासेमिरोले हेडमार्फत गोल गर्दै ब्राजिललाई खेलमा फर्काए। पहिलो हाफमा जापानका काइशु सानोले २९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको सुरुदेखि नै जापानलाई चर्को दबाबमा राखेको ब्राजिल अन्ततः बराबरी गोल गर्न सफल भयो।