लोक पप गायक सुनिल गिरीले 'रोगै पिरती' बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।
शनिवार गिरीले आफ्नै यूट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन् ।
गीतको शब्द संगीत गिरी स्वयंकै रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा सुनिल गिरी, सदिक्षा क्षेत्री र विनोद अधिकारीको अभिनय रहेको छ ।
को होला त्यो, सुनको चुरा, कस्तो यो मन, यात्री, जाम क्यारे माया लगायतका गीत हिट छन् ।
भिडियो हेर्नुहोस् :