×

NMB BANK
NIC ASIA

भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा

फागुन १९, २०७६

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सञ्चालन हुँदै आएको भिडियो एक्सरे सेवा ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । 

Muktinath Bank

अस्पतालमा भिडियो एक्सरे मेसिन छ तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भिडियो एक्सरे सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिष्ट डाक्टरको दरबन्दी छ । दरबन्दी अनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् ।


Advertisment
Nabil box
Kumari

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महंगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको बिरामीले गुनासो गर्छन् । भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर विकासकुमार साहले आफ्नो जागिरको अवधि म्याद थप नगरेकाले एक्कासि सेवा बन्द गरेर छोडेपछि यहाँको भिडियो एक्सरे नै पूर्णरुपमा बन्द भएको अस्पतालका एक कर्मचारीले जानकारी  दिएका छन् । 

Vianet communication

भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिष्ट) डाक्टर साहको गत पुसमा नै करार अवधि म्याद सकिएपछि भिडियो एक्सरे सेवा बन्द भएको अस्पताल प्रशासनले जनाएको छ । 

उनको म्याद थप नभएपछि सो सेवा विगत २ महिनादेखि  पूर्णरुपमा बन्द हँुदा सेवाग्राही मर्कामा परेका हुन् । भिडियो एक्सरे सेवा बन्द हँुदा अस्पतालमा जचाउन आउने  बिरामीले महँगो शुल्क तिरेर बाहिर सेवा लिन बाध्य भएको सेवाग्राही बिनाइ तिवारीले बताए ।

अस्पतालको भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिस्ट) डाक्टर साहको म्याद थप र उनको ठाउँमा अर्को डाक्टर ल्याउने समयमा पहल नगरेकाले अहिले अस्पतालमा आउने बिरामी उचित सेवा लिनबाट वञ्चित भइरहेको उनले गुनासो छ । 

अस्पतालका लेखा शाखाका अनुसार भिडियो एक्सरे सञ्चालन भइरहँदा अस्पताललाई दोब्बर राजस्व उठ्ने गरेको थियो तर विगत २ महिनादेखि सो सेवा बन्द भएपछि राजस्व पनि प्रभावित हुने गरेको पाइएको छ । 

मंसिर महिनामा ११ लाख ५५ हजार ११९ रुपैयाँ राजस्व संकलन गरेको सो अस्पतालले भिडियो एक्सरे सेवा बन्द भएपछि माघ महिनामा ५ लाख २७ हजार ६९७ रुपैयाँ मात्र राजस्व असुली भएको जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x