०४ साउन २०८३, सोमबार

चुनावमा कुलमानलाई 'क्यास' गर्दै माओवादी, अन्धकार हटाउने नि माओवादी... (भिडियो सहित)

कात्तिक २०, २०७४
चुनावमा कुलमानलाई 'क्यास' गर्दै माओवादी, अन्धकार हटाउने नि माओवादी... (भिडियो सहित)
काठमाडौं, ६ वैशाख - स्थानीय निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलका चुनावी गीतहरु सार्वजनिक भइरहेका छन् । यो बीचमा नेकपा माओबादी केन्द्रको चुनावी गीत पनि सार्वजनिक भएको छ ।

विजयी गराऔं, विजयी गराऔं, माओबादी केन्द्रलाई विजयी गराऔं बोलको उक्त गीत सार्वजनिक भएको हो ।
गीतमा यसपालीको भोट कसलाई, माओबादी केन्द्रलाई भनेर नारा समेत लगाइएको छ ।

माओबादी केन्द्रको गीतमा भोट तान्नको लागि माओबादीका राजनीतिक एजेण्डाहरुलाई उल्लेख गरिएको छ । गीतमा गणतन्त्र ल्याउने पनि माओबादी, राजतन्त्र फाल्ने पनि माओबादी, संविधान बनाउने नि माओबादी, स्वाधिनताको निम्ति लड्ने माओबादी, संघीयताको बाटो देखाउने, जनताको सुख शान्ति भन्दै आउने माओबादी केन्द्रलाई विजयी गराऔं लगायतका शब्दहरु समावेश गरिएको छ ।

साथै माओबादीले लोडसेडिङको मुद्दालाई पनि चुनावी गीतमा प्रयोग गरेको छ । अन्धकार हटाउने नि माओबादी, हिमाल तराई उठाउने, माओबादी, सबैलाई अधिकार दिलाउने माओबादी, जनताको निम्ति केही गर्छु भन्ने माओबादी लगायतको बोल गीतमा हालिएको छ ।

गीतमा काशिराम बुढामगरले शब्द संगित गरेका छन् । गीतमा शब्द संयोजन चाहिँ मणि थापाले गरेका छन् । गीतमा विहानी विक, प्रगती महरा र केशरी मगरले स्वर भरेका छन् ।
हेरौं भिडियो-

salt training

कमेन्ट गर्नुहोस्